अवरुद्ध बनेको तीन दिनपछि सञ्चालनमा आयो बीपी राजमार्ग

default

काठमाडौं । बीपी राजमार्ग तीन दिनपछि सञ्चालनमा आएको छ । गत शनिबार परेको वर्षासँगै रोशी खोलामा आएको बााढीले अस्थायी डाइभर्सन बगाएपछि अवरुद्ध बनेको थियो ।

लगातार ३ दिनको मर्मतपछि आज सोमबार १ बजेबाट राजमार्ग सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरका सूचना अधिकारी दिपक याकामीले जानकारी दिए ।

उनका अनुसार सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको सहयोगमा क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याइएको हो । अझै पनि मर्मतको काम जारी रहेको उनको भनाइ छ । साथै यात्रा गर्दा सावधानीपूर्वक यात्रा गर्न उनको आग्रह छ ।

रोशी खोलामा आएको बाढीले चौकीडाँडा, घुमाउने, बोक्सीकुना, कालढुंगा, डालाबेँशी,चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बुलढुंगा, माम्तीमा आँपघारी र नेपालथोकमा डाइभर्सन बगाएको थियो ।

२०८१ असोजको दोस्रो साता परेको अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले करिब २९ किलोमिटर सडक पूर्ण रुपमा क्षति गरेको थियो । त्यसयता अस्थायी डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएको छ । साथै यस क्षतिग्रस्त सडक स्थायी रुपमा पुनर्निमाण भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

पलेँटीमा गुन्जिए पवन र रमेश