धनगढी । धनगढी उपमहानगरपालिका-१ स्थित जेन्जी मार्ग (पार्क अगाडि) मा राखिएको डिजिटल बोर्ड दैनिक तीन घण्टा सञ्चालनमा आउने भएको छ । उपमहानगरपालिकाद्वारा जडान गरिएको उक्त बोर्ड प्रत्येक दिन साँझ ६ बजेदेखि राती ९ बजेसम्म सञ्चालन गरिनेछ ।
डिजिटल बोर्डमार्फत समग्र सुदूरपश्चिम प्रदेशको पहिचान, धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा आर्थिक क्षेत्रको प्रचार-प्रसार र प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले प्राकृतिक तथा धार्मिक सम्पदाको समुचित उपयोगबाट मात्र प्रदेशलाई समृद्ध बनाउन सकिने बताए । उनले यसका लागि सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिँदै बोर्डमा सुदूरपश्चिमका सम्भावनाहरू प्रस्तुत गरिने जानकारी दिए।
साथै, नगर प्रमुख हमालले प्रदेशका सबै ८८ वटै स्थानीय तहलाई आफ्ना असल अभ्यास र उपलब्धिका विवरणहरू उपलब्ध गराउन आग्रह गरेका छन् ।
उक्त डिजिटल बोर्डमा सुदूरपश्चिमका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूका साथै धनगढी उपमहानगरपालिकाका रचनात्मक कार्यक्रमहरू, ट्राफिक सम्बन्धी जानकारी र जनचेतनामूलक सामग्रीहरू प्रदर्शन गरिनेछ ।
समृद्ध, सुन्दर र आधुनिक धनगढी निर्माण गर्ने लक्ष्यअनुरूप उपमहानगरले डिजिटल प्रविधिलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।
सम्बन्धित समाचार
डिजिटल बोर्डमार्फत सुदूरपश्चिम चिनाउँदै धनगढी उपमहानगर, २३ वटा पर्यटन प्रवर्द्धनात्मक बुकलेट सार्वजनिक
काठमाडौं जोड्ने मुख्य सडक दिउँसोसम्म खुलाउने लक्ष्य
शनिवारीय महिला उद्यम बजार असोज २४ गतेदेखि पुनः सञ्चालन हुने
८ वर्षदेखि अलपत्र शिवगंगा पुल, उपमहानगरलाई बर्सेनि अस्थायी संरचना बनाउनुपर्ने बाध्यता
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय
पुल नहुँदा खोला तर्नै सकस, नदीजन्य पदार्थमा करको मार
कांग्रेस महाधिवेशन: उम्मेदवारी मनोनयनको तालिका सार्वजनिक
काँग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार खड्का पक्राउ






