निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई चाडपर्व खर्च सुनिश्चित गर्न श्रम मन्त्रालयद्वारा छुट्टै पत्राचार

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उद्योग, व्यवसायी तथा निजी विद्यालयका छाता सङ्गठनहरूलाई पत्राचार गर्दै आफ्ना सम्पूर्ण श्रमिकहरूलाई कानुनबमोजिम पाउनुपर्ने चाडपर्व खर्च (भत्ता) उपलब्ध गराउन पत्राचार गरी निर्देशन दिएको छ।

विभागले श्रम ऐन, २०७४ को दफा ३७ मा भएको कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन निजी क्षेत्रका नेतृत्वदायी संस्थाहरूलाई पत्राचार गरेको हो।

श्रम ऐन, २०७४ को दफा ३७ अनुसार प्रचलित धर्म, संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने कानुनी अधिकार रहेको छ।

विभागले नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई ), नेपाल उद्योग परिसंघ (सिएनआई) र नेपाल चेम्बर अफ कमर्स (एनसिसी) लाई २०८३ असोज २३ गते पत्राचार गरी आफ्ना आबद्ध रोजगारदाता तथा प्रतिष्ठानहरूलाई जानकारी गराई श्रमिकहरूलाई चाडपर्व खर्च भुक्तानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियाे।

त्यस्तै २०८३ असोज २६ गते विभागले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको चाडपर्व खर्च सुनिश्चित गर्न छुट्टै पत्राचार गरेको हो।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेसलाई एकताबद्ध र गतिशील पार्टी बनाउने नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलको प्रतिबद्धता