धनगढी । सुदूरपश्चिमको पर्यटन प्रवर्द्धन र सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेशको राजधानी धनगढीमा डिजिटल बोर्ड सञ्चालनमा ल्याइएको छ ।
धनगढी उपमहानगरपालिकाले धनगढी–१ स्थित जेन्जी मार्गमा रहेको पार्कको अगाडि डिजिटल बोर्ड स्थापना गरी सञ्चालनमा ल्याएको हो ।
उक्त बोर्डको आइतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा मुख्यमन्त्री भट्टले अहिलेको युग डिजिटल प्रविधि र नवप्रवर्तनको भएको बताउँदै यसको सुरुवात धनगढी उपमहानगरपालिकाले गरेको बताए ।
डिजिटल बोर्डमार्फत सुदूरपश्चिम प्रदेशका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा आर्थिक क्षेत्रको प्रचार-प्रसार र प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ । आधुनिक प्रविधिको प्रयोगले धनगढीको सौन्दर्य अभिवृद्धि गर्नुका साथै सूचना तथा सन्देश प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा उपमहानगरपालिकाले लिएको छ ।
उक्त डिजिटल बोर्डमा सुदूरपश्चिमका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू र उपमहानगरका विभिन्न रचनात्मक कार्यक्रमहरू प्रदर्शित गरिनेछ । यस प्रविधिले धनगढीको पहिचानलाई थप आकर्षक बनाउनुका साथै पर्यटन प्रवर्द्धन र ‘प्रविधिमैत्री सहर’ निर्माणको अभियानमा ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ ।
उपमहानगरपालिकाले समृद्ध, सुन्दर र आधुनिक धनगढी निर्माण गर्ने लक्ष्यअनुरूप डिजिटल प्रविधिलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।
धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले समग्र सुदूरपश्चिमको पहिचान झल्काउने उद्देश्यले डिजिटल बोर्ड सञ्चालनमा ल्याइएको जानकारी दिए । समृद्ध, सुन्दर र आधुनिक धनगढी निर्माणको लक्ष्यअनुरूप उपमहानगरपालिकाले डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको उनको भनाइ छ ।
यसैबीच, उद्घाटन समारोहमा उपमहानगरपालिकाले तयार पारेका ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ मूल नारासहितका २३ वटा पर्यटन प्रवर्द्धनात्मक (बुकलेट) पुस्तिका पनि विमोचन गरिएको छ । पुस्तिकामा सुदूरपश्चिमका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र’bout विस्तृत जानकारी समेटिएको छ ।
सम्बन्धित समाचार
‘आसेपासे नियुक्त गर्न अध्यादेशको दुरुपयोग त भएन ?’
डडेल्धुरामा जंगलमा प्रहरी जवान मृत फेला
प्रधानमन्त्री बालेनले सांसदहरु समक्ष किन गरे यस्तो आग्रह
भत्कियो महाकालीको झोलुङ्गे पुल
बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते
कैलालीमा विद्यालयमै जातीय विभेद गरेको आरोपमा तीन शिक्षक पक्राउ
सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ
एआईजी दाहाललाई सेवाबाट बर्खास्तीको सिफारिस






