वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको पछिल्लो शान्ति प्रस्तावमा असन्तुष्ट रहेको अमेरिकी मिडियाले रिपोर्ट गरेका छन् । प्रस्तावले होर्मुज खोल्ने र इरानको बन्दरगाहहरूमा अमेरिकी सैन्य नाकाबन्दी अन्त्य गर्ने प्रयासलाई प्राथमिकतामा राखी आणविक विषयलाई समावेश नगरेको ह्वाइट हाउस अधिकारीलाई उद्धृत मिडियाले रिपोर्ट गरेका छन्
राष्ट्रपति ट्रम्पले सोमबार ह्वाइट हाउसमा भएको बैठकमा आफ्ना शीर्ष अधिकारीहरूसँग इरानको प्रस्ताव’bout छलफल गरेको जनाइएको छ ।
ट्रम्पले इरानको प्रस्ताव स्वीकार गर्ने सम्भावना नरहेको बैठकका सहभागीहरुलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।
अधिकारीलाई उदृत गर्दै द न्यूयोर्क टाइम्सले इरानी प्रस्ताव जस्ताको तेस्तै स्वीकार गर्दा ट्रम्पले बारम्बार भन्दै आएको इरानले आणविक हतियार राख्न नहुने विषय ओझेलमा पर्ने जनाएको छ ।
फक्स न्यूजसँगको अन्तर्वार्तामा, अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानको नयाँ प्रस्ताव समग्रमा राम्रै रहेता पनि तेहरानलाई आणविक हतियार विकास गर्नबाट रोक्नुपर्ने कुरामा जोड दिएका छन् ।
यसअघि ट्रम्पले इरानसँगको कुनै पनि शान्ति सम्झौता तोकिएको समयमा हुने कुरामा जोड दिँदै इरानसँगको युद्ध समाप्त गर्न युद्धविराम वा वार्तामा कुनै किसिमको दबाब नरहेको बताएका थिए ।
सम्बन्धित समाचार
पाकिस्तानमा तय इरान–अमेरिका वार्ता अनिश्चित, यात्रा रद्द
बिहारका मुख्यमन्त्री नीतीश कुमारले पदबाट दिए राजीनामा
जन्मदर्ता र विवाह दर्ताको प्रमाणपत्र अब नागरिक एपबाटै हेर्न सकिने !
घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
जापानमा शक्तिशाली भूकम्प
देउवा फर्किन, गगन बिर्सन तयार
साउदीबाट ६२ नेपालीले पाए स्वदेश फर्किने ‘एक्जिट भिसा’






