देउवा फर्किन, गगन बिर्सन तयार

काठमाडौं । नेपाली कांग्रेस अन्ततः विभाजनबाट हुनबाट तत्कालका लागि जोगिएको छ । पार्टीभित्रको समानान्तर गतिविधि रोकिने पूर्वसभापति शेरबहादुर देउवा समूहको नेताहरूको निष्कर्षसहित पार्टी विभाजनबाट जोगिएको हो ।

१४औं महाधिवेशनबाट निर्वाचित देउवा समूहको केन्द्रीय समिति काठमाडौं महाराजगन्जमा आइतबार बसेको बैठकले १५औं महाधिवेशनमा सहभागी हुने निष्कर्ष निकालेको छ । पार्टी आधिकारितासम्बन्धी सर्वोच्च अदालतको फैसला स्वीकार गर्दै पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले ‘अब कार्यवाहक सभापति भनेर पार्टीको लेटरप्याड प्रयोग नगर्ने’ बैठकले निष्कर्ष निकालेको छ ।

यो निर्णयसँगै संस्थापन पक्ष कार्यवाहक सभापति खड्कालाई सोधको स्पष्टीकरण फिर्ता लिएर विगतका तिक्तता बिर्सिन तयार भएको छ ।

सभापति गगन थापाले सर्वोच्चको फैसलाअनुसार कांग्रेसलाई एकताबद्ध बनाएर महाधिवेशनकेन्द्रित गर्ने सर्तमा विगतमा भएका कारबाही तयारीसहितका सबै तिक्तता बिर्सन तयार भएको सन्देश देउवा खेमालाई पठाएका छन् । राजनीतिकरूपमा अदालतको फैसला स्वीकार गर्न नसकिने भए पनि राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र विदेशी हस्तक्षेपबाट मुलुकलाई जोगाउँदै बिपी विचार रक्षाका लागि अघि बढ्ने निष्कर्ष देउवा समूहको छ ।

बिपीको विचार जोगाउन सबैको सहभागितामा १५औं महाधिवेशन एकताको महाधिवेशनका रूपमा गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।

देउवा समूहका नेता गुरुराज घिमिरेका अनुसार १५औं महाधिवेशन एकताको महाधिवेशनका रूपमा गर्नुपर्ने, अदालतको फैसला स्वीकार गर्ने निर्णय बैठकले गरेको बताए । विशेष महाधिवेशनबाट सभापति भएका गगनकुमार थापाले ‘पार्टी एकता जोगाउन कस्तो भुमिका निर्वाह गर्ने ?’ भन्ने विषय महत्वपूर्ण हुने सो समूहको निष्कर्ष छ । पार्टी एकता जोगाउन सबैको सहभागितामा एकता महाधिवेशन गर्नुपर्ने निर्णय गर्दै १५औं महाधिवेशनमा सहभागी हुने निर्णय बैठकले गरेको उनले बताए ।

देउवा समूहको बैठकमा कांग्रेस नेता डा.शेखर कोइराला समूह सहभागि थिएनन् । यसअघि देउवा समूहको बैठकमा सहभागी हुँदै आएको कोइराला समूहको आइतबार छुट्टै बैठक बसेको थियो । कोइराला समूहको बैठकले ‘पार्टी एकता कायम राख्ने÷नराख्ने ? जिम्मेवारी सभापति थापाको काँधमा पुगेको’ जनाएको छ । कोइराला समूहले अदालतको फैसलालाई स्वीकार गर्दै अगाडि बढ्ने निर्णय गरेको छ ।

कोइराला समूहका नेता निवर्तमान सहमहामन्त्री जीवन परियारका अनुसार अदालतको फैसला स्वीकार गर्ने निष्कर्ष बैठकले निकालेको छ । ‘अदालतको फैसलाअघि अर्को परिस्थिति रहेको तर फैसलापछि नयाँ परिस्थिति उत्पन्न भएकाले पार्टीलाई थप एकताबद्ध बनाउने सबैको कर्तव्य भएको’ उनले बताए ।

‘वर्तमान अवस्थामा कांग्रेसभित्रको एकता, संगठन निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको’ बताउँदै परियारले ‘यस’bout केन्द्रीय समिति र पार्टी सभापति बढी जिम्मेवार हुनुपर्ने’मा जोड दिए । यस कठिन परिस्थितिमा पार्टीका आगामी चुनौती सामना गर्न सबै आ–आफ्नो ठाउँबाट जिम्मेवार र प्रतिबद्ध रहनसमेत कोइराला समूहको बैठकले अपिल गरेको छ ।

अनुशासन समिति बैठक बस्दै आज
यसैबीच, सोमबार (आज) कांग्रेस अनुशासन समिति बैठक बस्दै छ । अनुशासन समिति संयोजक तारामान गुरुङका अनुसार पार्टीभित्र देखिएको दण्डहीनता, अनुशासन उल्लंघनलगायत विषयमा छलफल गर्नका लागि समिति बैठक बोलाइएको हो ।

अनुशासन समितिले यसअघि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टीकरण सोधेको थियो । गत २ वैशाखमा स्पष्टीकरण सोधिएका खड्काले अझै स्पष्टीकरण नबुझाएको गुरुङ बताउँछन् । यद्यपि, त्यसको समय ८ वैशाखसम्म रहेको छ ।

‘पार्टीभित्र दण्डहिनता, अनुशासन उल्लंघन बढदै गएको अवस्थामा अनुशासन समिति बैठकले थप छलफल र निर्णय गर्न’ बोलाइएको बैठकले विधि विषय’bout छलफल गर्दै महत्वपूर्ण निर्णय गर्नेछ ।

भोलि संसदीय दलको नेता चयन
संसद्मा प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगेको कांग्रेसले संसदीय दलको नेता अझै चयन गर्न सकेको छैन । प्रतिनिधिसभामा ३८ सांसद रहेको कांग्रेसले दलको नेता चयन गर्नका लागि मंगलबार निर्वाचन गर्दै छ । दलको नेता चयनका लागि काठमाडौं उपत्यका बाहिर रहेका सांसदलाई सोमबारसम्ममा काठमाडौं आइपुग्न सूचना गरिएको छ । सिंहदरबार स्थित दलको कार्यालयमा दलको नेता चयन गर्ने प्रक्रिया सुरु हुँदै छ ।

दलको नेता चयन गर्नका लागि कांग्रेसभित्र जोगघटाउ सुरु भएको छ । प्रतिनिधिसभामा ३८ सिट रहेकोमा सभापति थापा समूहका १६ जनामात्रै सांसद छन् । देउवा समूहसँग १५ र कोइराला समूहसंग ७ जना सांसद छन् । कोइराला समूहका सांसद जुन समूहमा जान्छन्, सोही समूहका नेता दलको नेता हुने निश्चित छ । थापा र देउवा समूहले कोइराला समूहलाई फकाउँदै विभिन्न आश्वासन दिइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

epaper

ताजा समाचार

टाइब्रेकरमा चुक्यो एन पेनाङ, मच्छिन्द्र सेमिफाइनलमा