गण्डकी प्रदेश सरकारले सागका पदकधारीलाई सम्मान गर्ने

पोखरा । गण्डकी प्रदेशले गतवर्ष मंसिरमा स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने आफ्ना प्रदेशका खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने घोषणा गरेको छ । साग सकिएको झन्डै ६ महिनापछि गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गर्ने बताएका हुन् ।

१३औं साग १५ देखि २४ मंसिरसम्म काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो । ८ खेल पोखरा र १ खेल जनकपुरमा आयोजना हुँदा बाँकी खेल काठमाडौं उपत्यकामा आयोजना भएको थियो । सागमा गण्डकी प्रदेशका ३७ खेलाडीले स्वर्ण, रजत र कांस्य पदक जितेका छन् ।

जसमा ४ खेलाडीले स्वर्ण २२ खेलाडीले रजत तथा १३ खेलाडीले कास्य जितेका छन् । स्वर्ण जित्नेमा करातेका नवीन रसाइली, तेक्वान्दोकी पार्वती गुरुङ र प्रशंसा क्षेत्री र फुटबलका सुमन अर्याल छन् । यस्तै, प्रदेश सरकारले खेलकुद पूर्वाधार विकास योजनाअन्तर्गत रहेको बहुउदेश्यीय रंगशाला, अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला, हाइअल्टिच्युड खेल मैदान र एक स्थानीय तह एक खेल मैदानको योजनालाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गर्दा यसै वर्ष गण्डकी प्रदेशमा आयोजना गर्ने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विषय भने भने समेटिएको छैन् । नवौं राष्ट्रिय खेलकुद फागुन २० देखि आयोजना गर्ने घोषणा भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 260 times, 1 visits today)

epaper

ताजा समाचार

नारायणगढ-मुग्लिन सडक खुलाउन २ घण्टा लाग्ने