काठमाडौं । नेपाल ओकिनावा गोजु–र्यु कराते–डो संघको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय कराते प्रतियोगिता यही वैशाख २५ र २६ गते काठमाडौंको नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आयोजना हुने भएको छ ।
नेपाली करातेको स्तर अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पहिचान स्थापित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा पाँच देशलाई निमन्त्रणा गरिएको भए पनि हालसम्म बेल्जियम, भारत र नेपालसहित तीन देशको सहभागिता सुनिश्चित भइसकेको छ । संघकी मुख्य प्रशिक्षक डा. तिलु रानाका अनुसार खेलकुद केवल पदक जित्ने माध्यम मात्र नभई शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ गर्ने महत्वपूर्ण साधन हो ।
उनले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले खेलाडीहरूलाई नयाँ अनुभव दिलाउने, अनुशासन, आत्मविश्वास र क्षमतामा अभिवृद्धि गर्ने बताइन । आयोजकका अनुसार प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धीसँग प्रत्यक्ष भिड्ने अवसर प्रदान गर्नेछ ।
यसबाट खेलाडीहरूले आफ्नो क्षमता परीक्षण गर्नुका साथै नयाँ प्रविधि, खेल शैली र प्रशिक्षण विधि’bout ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ । साथै, विभिन्न देशका प्रशिक्षक तथा खेलाडीबीचको अन्तरक्रियाले अनुभव आदान–प्रदानमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
प्रतियोगितामा करातेका चार प्रमुख शैली-शितोरियो, गोजुरियो, वादोरियो र शोतोकान अन्तर्गतका खेलाडीहरूले प्रतिस्पर्धा गर्न सक्नेछन । कुनै पनि मान्यता प्राप्त संघ–संस्थालाई सहभागिताका लागि खुला गरिएको आयोजकले जनाएको छ । नेपालको कराते खेललाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै समग्र खेलकुद क्षेत्रको विकासमा योगदान पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।
सम्बन्धित समाचार
ओमानद्वारा नेपाल ‘ए’सामु २८१ रनको लक्ष्य
वैशाख १८ देखि रारा गोल्डकप सञ्चालन
भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य
नेपाल भानुआतुसँग पराजित
उद्घाटन खेलमा आयोजक विजयी
घरेलु टोली रुवान्डामाथि नेपालको जित
क्षितिज भण्डारी र कृतिसरा अधिकारी राष्ट्रिय चेस विजेता
आइसिसी विश्वकप लिग २ : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य






