सरिता तिवारीको हत्यापछि गाडिएको अवस्थामा शव

काठमाडौँ । टोखा नगरपालिका–१ अन्तर्गत शिवपुरी राष्ट्रिय निकुञ्ज भित्रको जंगल क्षेत्रमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत वैशाख ११ गतेदेखि सम्पर्कविहीन भएकी तारकेश्वर नगरपालिका-३, तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारीको हत्या भएको पुष्टि भएको छ ।

उनी सो दिन बजार जान्छु भन्दै घरबाट निस्किएकी थिइन् । साँझसम्म घर नफर्केपछि परिवारले भोलिपल्ट प्रहरीमा जानकारी गराएको थियो । घटनापछि प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो । अनुसन्धानका क्रममा तिवारीसँग सम्पर्कमा रहेका एक व्यक्तिमाथि शंका लागेपछि प्रहरीले टोखा नगरपालिका-२ का ३५ वर्षीय अनिल डंगोललाई नियन्त्रणमा लिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

सरिता तिवारीको हत्यापछि गाडिएको अवस्थामा शव