महतोले दिए कोरोना संक्रमितलाई पौष्टिक आहार

सर्लाही । सर्लाहीका चन्द्रनगर २ बबरजंज निवासी समाजसेवी एवं भोर जनकपुरका संस्थापक अध्यक्ष राजकुमार महतोले जिल्लाका कोरोना संक्रमितहरुका लागि पौष्टिक आहार वितरण गरेका छन् ।

सदरमुकाम मलंगवा सहित अगर्वा र हरिपुर आईसोलेसनमा रहेका एक सय जना संक्रमितका लागि भन्दै महतोले जिल्ला विपद व्यवस्थापन समिति सर्लाहीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसी र जिल्ला अस्पताल सर्लाही(अस्थायी कोरोना अस्पताल)का प्रतिनिधि डाक्टर अभिनाश कुमार सिंहलाई प्रति संक्रमित १५ सय बराबरका दरले पौष्टिक आहारका समाग्री प्रदान गरेका हुन् ।

महतोले च्यावनप्रास, चनाको सातु, तृफलाचूर्ण, अस्वगन्ध, ड्राईफुड, काजुकिसमिस, छोकडा, तुलसी चिया लगायतका झण्डै डेढलाख मुल्य बरावरको पौष्टिक आहार सामाग्री जिल्ला विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको नेकपाका युवा नेता श्याम श्रेष्ठले जानकारी दिए । रोग प्रतिरोधात्मक क्षमता वृद्धी गर्न सके कोरोनालाई सजिलै जित्न सकिने भएकोले आफुले जिल्लाका कोरोना संक्रमितहरुका लागि पौष्टिक सामाग्री प्रदान गरेको महतोले बताए ।

धेरै ठाउँमा यस्ता पौष्टिक आहारकोे सेवन गर्नेहरुले कोरोनालाई सजिलै जितेको पाईएकोले आफुले यस्ता पौष्टिक आहार वितरण गरेको महतोले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 318 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन