तमिलनाडुको मुख्यमन्त्री बन्दै सुपरस्टार अभिनेता विजय थलापति

मुम्बई । दक्षिण भारतीय सुपर स्टार अभिनेता थलापति विजयले तमिलनाडु विधान सभा आफ्नो पार्टी ‘तमिलनाडु भेत्री कझगम’ (टिभीक)बाट सबैभन्दा बढी सिटमा विजय हासिल गरेसँगै उनी तमिलनाडुको मुख्यमन्त्री बन्ने भएका छन् । बिहीबार तमिलनाडुका जनताले नयाँ मुख्यमन्त्रीको रूपमा विजयलाई पाउने भएका छन् ।

सोमबार सम्पन्न विधान सभा चुनावमा, विजयको पार्टी सबैभन्दा ठुलो दलको रूपमा उदाएको छ । स्थापना भएको तीन महिना भित्रै विजयको पार्टीले तमिलनाडुमा १०८ स्थानबाट सांसद जितेको छ । यद्यपि यो पार्टीले बहुमत भने हासिल गर्न सकेन । २३४ सदस्यीय तमिलनाडु विधान सभामा सरकार बनाउन ११८ सिट आवश्यक पर्छ । अभिनेता विजयको पार्टी, (टिभीके)ले यस चुनावमा १०८ सिट जितेका कारण बाँकी अरु साना दलसँग सहकार्य गर्दै १२० सिट भन्दा बढी जोडेर विजयले बहुमतको सरकार बनाउने भएका छन् ।

यसरी २०२६ मा तमिलनाडु विधान सभा चुनावको नतिजा पछि, ‘तमिलनाडु भेत्री कझगम’ पार्टीले राज्य सरकार गठनको तयारी सुरु गरेको छ । पार्टी प्रमुख एवम् लोकप्रिय अभिनेता विजय थलापतिले बुधवार राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरलाई भेटेर सरकार बनाउन आफ्नो बहुमतको समर्थन युक्त हस्ताक्षर पत्र समेत बुझाएका छन् ।

अभिनेताबाट नेता भएका विजयले अव काँग्रेस पार्टी लगायत अन्य साना दलसँग मिलेर सरकार बनाउने घोषणा समेत गरिसकेका छन् । साना पार्टीहरूले अभिनेता विजय र उनको पार्टीलाई नयाँ सरकारको लागि समर्थनको घोषणा गरिसकेका छन् । काँग्रेसले तमिलनाडु विधान सभामा पाँच सिट जितेको छ । बाँकी अन्य साना दललाई विजयले समेटेका छन् । बुधवार बेलुकाबाटै विजयको पार्टी र अन्य साना दलहरू मन्त्रीको भागवण्ड तयारीमा जुटिसकेका छन् ।

अब अभिनेता विजयले ७ तारिख बिहीबार तमिलनाडुको मुख्यमन्त्रीको रूपमा शपथ लिने अपेक्षा गरिएको छ । विजयको राजनीतिमा प्रवेश र उनको पहिलो कार्यकालले राज्यको राजनीतिक समीकरणलाई पूर्ण रूपमा परिवर्तन गरेको छ । काँग्रेसले आफ्नो लामो समयदेखिको सहयोगी दल ‘द्रमुक’सँगको सम्बन्ध तोड्दै सरकार गठनको लागि अभिनेता विजयलाई समर्थनको घोषणा गरेको हो । अभिनेता विजयले समर्थन मागेपछि काँग्रेसले यो निर्णय लिएको हो । अभिनेता विजय नै मुख्यमन्त्री बन्ने भएपछि काँग्रेस कार्यकर्ताहरूले पार्टी मुख्यालय सत्य मूर्ति भवनमा पटका पड्काउँदै यसको बुधवार स्वागत गरेका छन् । यो निर्णयले अभिनेता विजयका सबै फ्यानहरु अहिले हर्षित छन् ।

चुनाव जितसँगै भारतका सबैभन्दा धनी नेताको सूचीमा पनि अभिनेता विजय थलापति परेका छन् । उनीसँग ६२६ करोड भारतीय रुपैयाँ सम्पत्ति रहेको छ । यस पटक उनले आफ्नो पार्टी स्थापना गरेको तीन महिना भित्रै १०८ सिट सांसद जित्नुको पछाडि विजयले ल्याएका आकर्षक योजनाहरू थिए । उनले चुनावमा अघि सारेका योजनाहरूमा ६० वर्षभन्दा माथिका सबै महिलालाई मासिक २५ सय रुपैयाँ भत्ता दिने, गरिब परिवारलाई सरकारको तर्फबाट वर्षमा खाना पकाउने ६ वटा एलपी ग्यास निःशुल्क दिने, तमिलनाडुका छोरीहरूको विवाहमा हरेक छोरीलाई ८ ग्राम सुन सरकारले निःशुल्क दिने रहेको थियो ।

यस्तै कक्षा १ देख १२ कक्षासम्म हरेक विद्यार्थीलाई अध्ययन निशुल्क भए पनि पढन खर्चको लागि वार्षिक १५ हजार रुपैयाँ आर्थिक सहयोग दिने, महिलालाई सरकारी बसमा यात्रा निःशुल्क गर्ने, बेरोजगार युवाहरुलाई रोजगार नपाउँदासम्म मासिक ४ हजार रुपैयाँ भत्ता दिने, ५ एकड वा सो भन्दा कम जग्गा भएका किसानहरूको सबै सरकारी ऋण माफ गर्ने जस्ता योजना उनले अघि सारेका थिए । यही योजनाका कारण अभिनेता विजय थलापतिले पार्टी खोलेको तीन महिना भित्रै १०८ स्थानमा चुनाव जिते । उनी अब मुख्यमन्त्री बन्दै छन् । उनको यो सफलताप्रति अहिले दक्षिण भारतीय चलचित्रकर्मीहरू पनि निकै खुसी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

epaper

ताजा समाचार

सुकुम्वासीका घर जर्बजस्ती नभत्काउन सर्वोच्चको आदेश