काठमाडौं । वालेन्द्र शाह नेतृत्वको सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदबाट हटाउने निर्णय गरेको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्क बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकारहरूलाई बताए ।
उनका अनुसार परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना ‘अनररी कन्सुलर जनरल’ तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय बैठकले गरेको हो ।
मन्त्रिपरिषद्को यस बैठकले यही वैशाख २८ गते अपराह्न ४ बजेका लागि बोलाइएको संघीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको पोखरेलले बताएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)
सम्बन्धित समाचार
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा थापा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
बालेन सरकारले संसद् छलेर ल्याउँदै दुई वटा अध्यादेश
ओलीपथमा बालेन सरकार, संसद् टारेर अध्यादेशको शासन
बालेनले विधि मासेर बल र संविधान छलेर सेनाको आडमा शासन गर्न खोजे : प्रभु साह
कांग्रेसद्वारा संसद समन्वय बोर्डको बैठक आह्वान






