महिला आयोग पुगेर नोराले पनि मागिन माफी


मुम्बई । गत साता रिलिज भएको कन्नड र हिन्दी भाषामा निर्मित चलचित्र ‘केडीः द डेभिल’ को गीत ‘सर्के चुनर…’ ले एकपछि अर्को कलाकारलाई विवादमा पारेको छ । यो गीतमा अभिनय गरेका कारण यस अघि अभिनेता सञ्जय दत्तले राष्ट्रिय महिला आयोगमा उपस्थित भएर बयान दिनुका साथै माफी माग्नु परेको थियो ।

यही विवादमा आफूलाई पत्र काटेपछि अभिनेत्री नोरा फतेहीले पनि बिहीबार राष्ट्रिय महिला आयोगमा उपस्थित भएर बयान दिएकी छिन् । निर्देशकको निर्देशनमा आफूले सो गीतमा अभिनय गरेको उनले बयानको क्रममा स्पष्ट पारेकी छिन्

गत मार्चमा रिलिज भएको गीत ‘सर्के चुनर…’ ले व्यापक विवाद निम्त्याएको थियो । हिन्दी गीत र कन्नड दुवै भाषाको गीत र भिडियो अश्लील र आपत्तिजनक मानिएको थियो, जसमा सञ्जय र नोराले अभिनय गरेका थिए । यो गीत रिलिज भएपछि नारीमाथि गीतले अपमान गरेको भन्दै राष्ट्रिय महिला आयोगले स्पष्टीकरणको लागि सञ्जय दत्त र नोरा फतेहीलाई पत्र काटेको थियो । राष्ट्रिय महिला आयोगको कार्यालयबाट बाहिर निस्किएपछि नोराले मिडियालाई सम्बोधन गर्दै यस विषयमा स्पष्ट पारिन् । उनले भनिन्,‘यो केवल एउटा परिस्थिति थियो, जसमा मलाई राखिएको थियो ।

कसैलाई चोट पु¥याउने कुनै मेरो मनसाय पनि थिएन,’ उनले अगाडि भनिन्, ‘एक कलाकारको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ भन्दै मैले आयोगमा माफी मागेकी छु र सबै कुरा लिखित रूपमा राखेकी छु । उनीहरूले मेरो लिखित बयान र माफीलाई स्विकारेका छन् ।’

नोराले समाजबाट प्राप्त मायालाई सम्मान गर्नु आफूहरूको जिम्मेवारी भएको पनि बताएकी छिन् । अभिनेता सञ्जयले जस्तै अभिनेत्री नोराले पनि यो कार्यबापत अनाथ बालिकाहरूको शिक्षाको लागि कोष जुटाउने निर्णय गरेकी छिन् । यसलाई आफूले सो कार्यको लागि माफीसँगै सामाजिक दायित्वको रूपमा पनि लिएको नोराले सञ्चारकर्मीलाई बताइन् ।
राष्ट्रिय महिला आयोगले यस मुद्दामा आफू भन्दा अगाडि सञ्जय दत्तलाई बोलाएको सञ्जयले पनि माफी मागेको जानकारी नोरालाई गराएको थियो । सञ्चारकर्मीको जिज्ञासामा उनले सोही जानकारीको आधारमा आफूले पनि माफी मागेको स्पष्ट परिन् ।

गत २७ अप्रिलमा भएको सुनुवाइमा, अभिनेता सञ्जयले गीतको लागि माफी माग्दै सामाजिक कल्याण र महिला सशक्तीकरणमा योगदानको रूपमा ५० जना आदिवासी बालिकाहरूको शिक्षाको लागि आर्थिक सहयोग गर्ने वाचा गरेको पनि नोराले बताइन् । सोही कारण आफूले पनि आयोगमा यस्तो बाचा गर्नु परेको उनले स्पष्ट पारिन् ।

गत साता रिलिज भएको चलचित्र ‘केडीः द डेभिल’ को गीत ‘सर्के चुनर…’ विवादितसँगै हिट भयो । तर चलचित्रले राम्रो व्यापार गर्न सकेको छैन । गीत विवादमा परेपछि निर्माताहरूले माग्दै महिला आयोगको निर्देशनमा सबै प्लेटफर्मबाट यो गीत र यसको भिडियो हटाएका थिए ।-एजेन्सी

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

epaper

ताजा समाचार

सामाजिक सञ्जालमा गाली आएपछि साइबर ब्युरो पुगे रामकृष्ण