काठमाडौं । एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
पौडेलकी पत्नी दोमाया पौडेलले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । रिटमा राजनीतिक प्रतिशोधका आधारमा कुनै प्रमाण र तथ्यबिना पौडेललाई पक्राउ गरिएको दाबी गर्दै उनको तत्काल रिहाइको माग गरिएको थियो ।
प्रहरीले गत सोमबार जरूरी पक्राउ पुर्जीका आधारमा पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो । त्यसपछि मंगलबार विशेष अदालतले जरूरी पक्राउ पुर्जीको समर्थन गर्दै थप अनुसन्धानका लागि उनलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उक्त पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले विपक्षी पक्षसँग लिखित जवाफ माग गरेको हो ।
सम्बन्धित समाचार
नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता
आफ्नै दम्भले खस्कँदै कांग्रेस–एमाले
देश बनाउने कुरामा जिस्कदै प्रधानमन्त्री बालेन !
मध्यरातमा प्रहरीले गर्यो कोशी प्रदेशका मन्त्रीको घर खानतलासी
रास्वपा महाधिवेशन: चार हजार २११ प्रतिनिधि
रास्वपा महाधिवेशनः केन्द्रमा पुग्न बग्रेल्ती आकांक्षी, तर सर्वसम्मतको कसरत
राहदानी छपाइ ठेक्का प्रकरणमा मुछिएका १० कर्मचारीको नालीबेली
विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति






