काठमाडौं । मुलुकको कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको छ ।
महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१र८२ सम्म मुलुकको कुल बेरुजु साढे ७ खर्बमाथि पुगेको हो ।
महालेखा परीक्षक तोयम रायाका अनुसार यस वर्ष कुल ९४ अर्ब ८४ अर्ब ४० करोड रुपैयाँ बराबर लेखा परीक्षण गरिएको थियो । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र घटनाका कारण १ सय ७९ कार्यालय र निकायको लेखा तथा त्यससम्बन्धी स्रेस्ता पेस नभएका कारण १ खर्ब ४७ अर्ब ९० करोड रुपैयाँ बराबरको भने लेखा परीक्षण नभएको देखिएको छ ।
प्रचलित कानुन बमोजिम पुर्याउनु पर्ने रीत नपुर्याइ कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याइएको कारोबार बेरुजु हो ।
सम्बन्धित समाचार
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
नेप्से परिसूचक ३४ अङ्कले घट्यो
उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ
अर्थमन्त्रीद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश संसदमा पेस
आर्थिक वर्ष २०८३/८४ को नयाँ बजेटको सिलिङ १८ खर्ब ९० अर्बसिलिङ
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
नेप्से परिसूचक १० अंकले घट्यो
जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो






