कंगो । डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोला रोगका कारण ८० भन्दा बढी मानिसको मृत्यु भएको छ । अवस्था गम्भीर बन्दै गएपछि विश्व स्वास्थ्य संगठनले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
हालसम्म ८८ जनाको मृत्यु भइसकेको र ३३६ जनामा संक्रमणको शंका गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । रोग तीव्ररूपमा फैलिँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
स्वास्थ्यमन्त्रीका अनुसार यो इबोलाका लागि हाल कुनै खोप उपलब्ध छैन । यस रोगको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ ।
स्वास्थ्य सहायता संस्थाहरूले ठूलो मात्रामा सहयोग र उपचार टोली पठाउने तयारी गरिरहेका छन् ।
यो प्रकोप कंगेको इटुरी क्षेत्रमा सुरु भएको हो, जुन युगान्डा र दक्षिण सुडानसँग सीमा जोडिएको छ । प्रारम्भिक बिरामी एक स्वास्थ्यकर्मी भएको बताइएको छ ।
स्थानीय मानिसहरूले उपचार केन्द्र र आइसोलेसनको अभावका कारण बिरामीहरू घरमै मृत्यु भइरहेको बताएका छन्, जसले रोग अझ फैलिने खतरा बढाएको छ ।
विश्व स्वास्थ्य संगठनले यो अवस्था अझै फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
सम्बन्धित समाचार
निर्जीवन बिमा व्यवसाय उत्साहजनक, बागमतीको वर्चस्व, मोटर अग्रपंक्तिमा
पश्चिम बंगालमा भाजपाको ऐतिहासिक अग्रता : २९४ मा १२४ सिटमा विजयी, ८३ मा अग्रता
उल्टो असर त पर्दैन ?
विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै
फोटोन इभीमा ६ करोड बढी भन्सार छली
सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइ जारी
प्रधानमन्त्रीको खोजीः दिनभर सदनमा साँझ सडकमा
पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’






