सडक किनारका ५१ व्यावसायिक सटरमा डोजर

पोखरा । पोखरा–१२, अमरसिंह मावि खेलमैदानको अग्रभागमा रहेका व्यावसायिक सटर हटाइएको छ । पृथ्वी राजमार्गसँग जोडिएको उक्त स्थानमा टिनका टहरा बनाई लामो समयदेखि व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूले पोखरा महानगरपालिका रोहवरमा विद्यालयसँग समन्वय गरी ती टहरा हटाएका हुन् ।

महानगरपालिका र विद्यालयले यसअघि १५ दिने सूचना जारी गर्दै खाली गराउन भनेका थिए । त्यसको समयसीमा ४ जेठसम्म दिइएको थियो । सो अवधिसम्म आफ्ना सामान सुरक्षित स्थानान्तरण गरी खाली भएका संरचनामा मंगलबार महानगरपालिकाले जेसिबी प्रयोग गरी हटाएको छ ।

त्यस स्थानमा सञ्चालित ५१ वटा व्यावसायिक सटर व्यवसायीहरू आफैँले महानगरपालिका र विद्यालयको अनुरोधमा छोड्न तयार भएका हुन् ।

सहरी सौन्दर्यीकरणका दृष्टिले पोखराको मुख्य प्रवेश मार्गका रूपमा रहेको अमरसिंह क्षेत्र ती टहराका कारण अस्वाभाविक देखिएको थियो । ती टहरा हटाएर व्यवसायीहरूले महानगरपालिकाको सहरी सौन्दर्यीकरणको अभियानमा साथ दिएको भन्दै उनीहरूलाई नगर प्रमुख धनराज आचार्यले आभारसमेत व्यक्त गरेका छन् ।

व्यवसायीहरूलाई पुनस्र्थापना गर्ने सम्बन्धमा पछि नयाँ सटर बनाउँदा विद्यालयसँग आवश्यक छलफल तथा समन्वय गरिने सहमति छ । मेयर धनराज आचार्यको नेतृत्वमा वडा १२ का अध्यक्ष सन्तोष बास्तोला, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याल, महानगरको शिक्षा महाशाखा, विद्यालयका प्रतिनिधि, व्यवसायीसहितको टोलीले छलफल गरेर आफैँ टहरा खाली गर्ने सहमति गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 123 times, 1 visits today)

epaper

ताजा समाचार

राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित