जनकपुरधाम । वर्षौँदेखि मधेस प्रदेशका विभिन्न जिल्लामा अतिक्रमित ४४२ हेक्टर वन क्षेत्र गत आर्थिक वर्ष २०८१र८२ मा अतिक्रमण मुक्त गरिएको छ । मधेस प्रदेश वन निर्देशनालय जनकपुरधामका अनुसार थप अतिक्रमित वनक्षेत्र खाली गर्न तथा गराउन सम्बन्धित वन कार्यालयले सूचना जारी गरेका छन् ।
निर्देशनालयबाट प्राप्त विवरणअनुसार धनुषामा ३० हेक्टर, सर्लाहीमा १७५ हेक्टर, सप्तरीमा १११ हेक्टर , बारामा ५४ हेक्टर, पर्सामा ४५ हेक्टर, रौटहटमा १२ हेक्टर, सिरहामा १० हेक्टर तथा महोत्तरीमा तीन हेक्टर वनक्षेत्रको जमिन फिर्ता लिइएको छ ।
अतिक्रमित वनक्षेत्रमा खेतीपाती, गोठनिर्माण, होटल तथा पसल सञ्चालन, घरसमेत निर्माणगरी बसोबास भइरहेको थियो । निर्देशनालयका निर्देशक जग्गनाथप्रसाद जयसवालले मधेस प्रदेशको आठवटै जिल्लाबाट अहिले पनि १६ हजार ५९९ हेक्टर जमिन अतिक्रमणमा परेको जानकारी दिए । अतिक्रमित वनक्षेको जमिन खाली गर्ने प्रक्रिया सुरु गरिएको तथा त्यसमा सबैको सहयोग आवश्यक रहेको बताए ।
लामो समयदेखि अतिक्रमित वनक्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकारले पहल गरिरहेको जनाइएको छ । यसका लागि प्रशासनिक संयन्त्रले एक्लै समाधान गर्न नसक्ने भएकाले राजनीतिक तथा स्थानीय संयन्त्रको समन्वय आवश्यक रहकाले त्यसतर्फ काम भइरहेको निर्देशक जयसवालले उल्लेख गरे ।
हाल नेपालमा ४५ प्रतिशत भू–भाग वनले ढाकेको भए पनि मधेस प्रदेशमा मात्र तीन दशमलव ७२ प्रतिशत भूभाग वनक्षेत्रले ढाकेको छ । प्रदेशभरि दुई लाख दुई हजार २०२ हेक्टर जमिनमा वनक्षेत्र रहे पनि १३६ स्थानीय तहमध्ये ८९ वटामा वनक्षेत्र नै नभएको बताइएको छ ।
जसमध्ये मधेसको कुल वनक्षेत्रमध्ये आठ प्रतिशत वनक्षेत्र अतिक्रमणमा परेको हो ।
सम्बन्धित समाचार
धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
टिपरको ठक्करबाट एक जनाको मृत्यु
लेक लागेर सगरमाथा आरोहीको निधन
सुकुुमवासी परिवारका विद्यार्थीलाई संस्कृत शिक्षाका लागि भर्ना हुन आग्रह
म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
स्थानीयद्वारा मौलापुर नगरपालिका घेराउ
आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
सर्वोच्चका प्रस्तावित प्रधान न्यायाधीश शर्माविरूद्ध उजुरी आह्वान






