नेपालगन्ज । बाँकेको वैजनाथ गाउँपालिका–१ च्यामा गाउँलाई पर्यटकीय गन्तव्यका रुपका विकास गर्न थालिएको छ ।
केही दिनअघि मात्रै वैजनाथको च्यामा गाउँ ‘नमूना थारु गाउँ’ घोषणा भएसँगै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय तहले समेत सहयोग गरेको वैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिए । “यसको विकास र प्रवद्र्धनका लागि मापदण्ड र कार्यविधि बनाइरहेका छौँ र यो अन्तिम चरणमा छ”, उनले भने ।
सो गाँउलाई पर्यटकीय गन्त्यका रुपमा विकास गर्न नमूना थारु गाउँ व्यवस्थापन समिति गठन भएको जानकारी दिँदै अध्यक्ष शाहीले तत्कालका लागि रु एक लाख अनुदान उपलब्ध गराइएको बताए । उनले व्यवस्थापन समितिको मागअनुसार लगानी बढाइने उल्लेख गर्दै थारु समुदायको सशक्तीकरण र उनीहरुलाई स्वरोजगार बनाउन पर्यटन प्रवद्र्धन आवश्यक रहेको धारणा व्यक्त गरे ।
अध्यक्ष शाहीले भने, “थारु समुदायको मौलिक भाषा, संस्कृति, परम्परा तथा जीवनशैलीको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य च्यामा गाउँमा राखिएको छ ।” सो गाउँमा २००५ सालदेखि करिब १०० घर परिवार थारु समुदाय बस्दै आएका छन् ।
उनका अनुसार थारु समुदायको मौलिक पहिचान जोगाउँदै पर्यटनलाई प्रर्वद्धन गर्न र त्यसले आर्थिक समृद्धिमा टेवा पु¥याउने लक्ष्य राखिएको छ । पछिल्लो समय आधुनिकताका कारण लोप हुँदै गएका स्थानीय भाषा, वेशभूषा, संस्कार तथा परम्परागत जीवनशैलीको संरक्षणमा नमूना गाउँ मोडेलका रुपमा स्थापित हुने अध्यक्ष शाहीको भनाइ छ ।
नमूना थारु गाउँ घोषणाले ठूलो सहयोग पुगेको उल्लेख गर्दै नमूना थारु गाउँ घोषणा समितिका अध्यक्ष मेघराज थारुले गाउँको पहिचासँगै आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताए ।
गाउँमा थारु समुदायको परम्परागत घर, खानपान, नृत्य, कला र सांस्कृतिक गतिविधिलाई व्यवस्थित रूपमा संरक्षण गरिने उनको भनाइ छ । अध्यक्ष थारुले भने, “गाउँलाई सांस्कृतिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले स्थानीय रुपमा रोजगारी सिर्जना र घरेलु उत्पादनको प्रवद्र्धन हुनेछ ।”
जिल्लाको वैजानाथ गाउँपालिकामा रहेको बोटानिकल पार्क पनि अर्को पर्यटकीय गन्तव्य हो । त्यहाँ पर्यटन विकासका लागि तत्कालीन लुम्बिनी प्रदेश सरकारले लगानी गरे पनि अपेक्षा गरेअनुसारको प्रतिफल आउन सकेको छैन । यसबाहेक गाभर भ्यालीलाई पनि वैजनाथको पर्यटकीय गन्तव्यका रुपमा लिन सकिने स्थानीय बताउँछन् ।
सम्बन्धित समाचार
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
पर्यापर्यटनको नयाँ गन्तव्य बन्दै ‘वेतना सिमसार’
कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए
म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्याउन आग्रह
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र तापक्रम बढ्ने पूर्वानुमान
बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या






