चितामा जलाउन ठिक पारेको महिलाको शब बरामद, श्रीमान पक्राउ अन्य फरार

रौतहट । रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले बुधबार अन्तिम दाहसंस्कार लागी चितामा चढाउन लागिएको अबस्थामा शब बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीको कमाण्डमा गएको टोलीले चन्द्रपुर नगरपालिका वाड नंं १० बालचनपुरबाट उक्त शब बरामद गरेको हो । बुधबार बिहान करिब ७ बजे बाल्चनपुर टोल बस्ने मुकेश पंडितको श्रीमती सिमा कुमारीको शब बरामद गरेको थियो ।

शंकास्पद अवस्थामा मृत्यु भई शव अन्त्येष्टिको लागी खोला तर्फ लगेको भन्ने सुचनाको आधारमा शब बरामद गरेको प्रहरी नायब उपरिक्षक शाहीले जानकारी दिए । स्थानिय घागी खोलाको किनारमा चिता बनाई जलाउनको लागि राखेको अवस्थामा मृतकको शब फेला परेको प्रहरीले जनाएको छ । मृतकको घाँटीमा निलडाम देखा परेकोले डिएसपी शाहीले जानकारी दिए ।

घटनास्थल लाशजाँच मुचुल्काको कार्य सम्पन्न गरि पोष्ट मार्टमको लागि च.पुर अस्पताल पठाईएको उनले जानकारी दिए ।
मृतकको श्रीमान मुकेश कुमार सिहलाइ प्रहरीले पक्राउ गरेको छ भने परिवारका अन्य सदस्य फरार रहेको डिएसपी शाहीले बताए । यस घटना ’bout प्रहरीले सुक्षम तरिकाले अनुसन्धान गरिरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन