दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता भएको छ । पर्सा प्रहरीका अनुसार प्रसाईँविरुद्ध साइबर अपराधको कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको हो ।

प्रसाईँको बयान आज नसकिएकाले भोलि (मंगलबार) उपस्थित गराउने गरी अहिले उनलाई अदालतले हिरासतमै पठाएको छ । प्रहरीले जेठ ४ गते वीरगन्जस्थित दियालो होटलबाट प्रसाईँलाई पक्राउ गरेको थियो ।

उनी विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)

epaper

ताजा समाचार

दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता