११ वर्षीया बालिकासहित सर्लाहीमा थपिए १५ संक्रमित

सर्लाही । सर्लाहीमा ११ वर्षिया बालिकासहित १५ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै सर्लाहीमा कोभिड–१९ सक्रमित हुनेको संख्या १ सय ४६ पुगेको छ । आज फेरी ब्रम्हपुरी गाउँपालिका स्थित रामबिलास प्राथमिक विद्यालयको क्वारेन्टाईनमा रहेका १७ बर्षिय किशोरलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यस्तै सर्लाही जिल्लाकै धनकोल गाउँपालिका स्थित प्राथमिक विद्यालय बैरियाको क्वारेन्टाईनमा रहेका १६ बर्षिय किशोर सहित १८ देखि ४० बर्ष उमेर समुहका ९ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

धनकौलकै धोबिनिया निम्नमाध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेकी ११ बर्षिया बालिकामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसैगरी सर्लाही जिल्लाकै धनकौल गाउँपालिकामा नै रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टाईनमा बस्दै आएका १८ देखि ४० बर्ष उमेर समुहका ४ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै आज मात्रै धनकौलमा १४ जना कोरोना संक्रमित व्यक्तिहरु फेला परेको छ । सर्लाहीको ब्रह्म्पुरी र धनकौल गाउँपालिका गरी कोरोना संक्रमित हुनेको संख्या १५ पुगेको छ । आज देखिएको संक्रमित १ बालिका र १४ पुरुषहरु छिमेकी मुलुक भारतको विभिन्न सहरहरु बाट आएर स्थानीय क्वारेन्टाईनमै बस्दै आएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिए ।

यस अघि मात्रै ब्रम्हपुरी गाउँपालिकामा एक महिला सहित १५ जना र बलरा नगरपालिकाकामा एक प्रहरी जवान सहित ९ जना गरी २१ जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको थियो । बलरामा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो भने ब्रह्म्पुरीमा आज सम्मको गरी तेश्रो पटक कोरोना संक्रमण देखिएको हो । यो सँगै ब्रह्म्पुरीमा मात्र कोरोना संक्रमित हुनेको संख्या १६ पुगेको छ ।

सर्लाहीमा कोरोना संक्रमित बिरामी बढे संगै सदरमुकाम मलंगवामा रहेको आइसोलेसन वार्ड भरी भराउ भएको हुदाँ सम्बन्धित पालिकाकै क्वारेन्टाइनमा अस्थाइ आइसोलेसन वार्ड तयार गरी आज संक्रमित बिरामीलाई व्यवस्थापन गरिने प्रजिअ जिसीले बताए । यसैगरी मलंगवामा रहेको आइसोलेसन वार्डको पनि क्षमता छिटै वृढी गरिने प्रमु्ख जिल्ला अधिकारी जिसीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

epaper

ताजा समाचार

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन