काठमाडौं । ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
त्यसैगरी ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ । ती दुई विधेयक प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सभामा प्रस्तुत गरेकी थिइन् ।
सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद सुरेशकुमार आले मगर, पदमबहादुर परियार र खम्बबहादुर खातीले भाग लिएका थिए ।
छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्रको विषयमा सरकार गम्भीर रहेको उल्लेख गरिन् । राष्ट्रियसभाको अर्को बैठक जेठ १५ गते अपराह्न ५ः४५ बस्नेछ ।
तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)
सम्बन्धित समाचार
प्रतिनिधिसभा बैठक विपक्षी दलहरूको अवरोध
पत्रिका बन्द गर्न सांसद खरेललले दिएको धम्कीप्रति महासंघको आपत्ति
पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने
देशभरका सुकुम्बासीको बुटवलमा प्रदर्शन
मधेस प्रदेशको ४४२ हेक्टर वनक्षेत्र अतिक्रमण मुक्त
निकुञ्जका वन्यजन्तुलाई नहरको पानी
तीन सय ३८ स्थानीय तहबाट भू–उपयोग वर्गीकरण सम्पन्न
चीनलाई १९ रनले पराजित गर्दै नेपालको विजयी सुरुवात






