काठमाडौं । बितेका २४ घण्टामा एक हजार ९५७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा १० लाख ७८ हजार ५०० राजस्व दाखिला भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको २३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १४४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १८५ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८१ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८७, निषेधित क्षेत्रमा हर्न बजाउने ९१, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १११, एकतर्फी सडकमा सवारी चलाउने ९३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४२ जनालाई कारबाही गरिएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 22 times, 1 visits today)
सम्बन्धित समाचार
जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो
बागमती प्रदेश सरकारद्वारा रु ३१ अर्ब ३३ करोड राजस्व सङ्कलन
तरलता व्यवस्थापनका लागि एक खर्ब रकम उठाउँदै राष्ट्र बैंक
महालक्ष्मी विकास बैंकको ३२औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ
नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो
तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने






