सिल्भेस्टर स्टेलोनको ठाउँमा अब नयाँ र्‍याम्बो

लस एन्जलस । सिल्भेस्टर स्टेलोनको लोकप्रिय चलचित्र ‘र्‍याम्बो’को नयाँ शृंखला ‘जोन र्‍याम्बो’ अहिले निर्माणको क्रममा छ । अब यो चलचित्र चाँडै चलचित्र घरमा आउने निर्माताहरूले बताएका छन् । यो चलचित्र आगामी २०२७ जुनमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

र्‍याम्बोको नामले सिल्भेस्टर स्टेलोन चर्चित भए पनि ‘जोन र्‍याम्बो’मा नयाँ र्‍याम्बोको मुख्य भूमिकामा नोआ सेन्टिनियो प्रस्तुत भएका छन् । यो चलचित्रमा सिल्भेस्टर स्टेलोन भने निर्मातामा छन् । उनीसँगै यसमा मार्वल चलचित्रहरूका प्रख्यात निर्देशकहरू द रुसो ब्रदर्स (एन्थोनी र जो रुसो) कार्यकारी निर्माताको रूपमा रहेका छन् ।

यो चलचित्र रिलिज भएपछि नोआ सेन्टिनियोले सिल्भेस्टर स्टेलोनलाई मुख्य पात्र ‘जोनी ¥याम्बो’ को रूपमा प्रतिस्थापन गर्ने विश्वास निर्माण पक्षको छ । यो शृंखलाका यस अघि पाँच वटा चलचित्रहरू रिलिज भइसकेका छन् । यो छैटौँ शृंखलाबाट नयाँ नायक ¥याम्बोको रूपमा आउन लागेका हुन् । यो चलचित्रमा ‘स्ट्रेन्जर थिंग्स’का डेभिड हार्बरले मेजर ट्राउटम्यानको भूमिका निर्वाह गरेका छन् ।

यी दुईसँगै यो चलचित्रमा जेम्स फ्रान्को, जेसन टोबिन र क्विन्सी इसायाह जस्ता कलाकारहरू पनि मुख्य भूमिकामा रहेका छन् । यो एक्सन प्रधान चलचित्रलाई जलमारी हेलान्डरले निर्देशन गरेका छन् । चलचित्र ‘सिसु’बाट उनी निर्देशनमा लोकप्रिय बनेका हुन् ।

निर्माण पक्षका अनुसार ‘जोनी र्‍याम्बो’मा पूर्व अमेरिकी सेना (विशेष बल) सिपाहीको जासुसी कथा प्रस्तुत गरिएको छ । जसमा भियतनाम युद्धको भयानक अनुभवहरू समेटिएको छ । यो शृंखलामा पूर्व सेनाले भ्रष्ट प्रहरी, शत्रुहरू र लागूपदार्थका मालिकहरूसँग लड्न आफ्नै सैन्य प्रशिक्षण र सीप प्रयोग गरेको कथा समेत समेटिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 9 times, 1 visits today)

epaper

ताजा समाचार

बुबा महेश भट्टको रोमान्सवारे खुलिन अभिनेत्री पूजा