सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । बुधबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुखले वाचन गर्ने परम्परा रहँदै आए पनि बुधबार नीति तथा कार्यक्रम वाचन गर्न सभामा उपस्थित भएका प्रदेश प्रमुख यज्ञराज जोशीलाई असहज भएपछि मुख्यमन्त्री कँडेल आफैँले वाचन गरेका थिए ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेटिएका अधिकांश विषय विगतकै निरन्तरताका रूपमा आएका छन् । कतिपय विगतका अधुरा र अपुरा नीति तथा कार्यक्रमलाई नयाँ रूप दिएर राखिएका छन् भने पूरा गर्ने गरी प्रतिबद्धता पनि जाहेर गरिएका छन् । यद्यपि केही नीतिगत कुरामा कडाइ गरिएको छ ।
बजेट कार्यान्वयन सुधार, आयोजनाको छनोट, आन्तरिक आम्दानीमा वृद्धि गर्ने जस्ता कुरालाई नीतिगत रूपमै सुधार गरेर लैजाने उल्लेख छ । नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा शून्य बेरुजुको नीति लिइएको छ । यो कर्णालीका लागि चुनौतीको विषय हो । कर्णाली सरकार अन्तर्गत हालसम्म ४ अर्ब ७० करोडभन्दा धेरै बेरुजु छ ।
‘प्रशासनिक खर्चमा मितव्ययिताको सिद्धान्त अवलम्बन गर्दै शून्य बेरुजु अभियानमार्फत वित्तीय सुशासन प्रवर्द्धन गरिने छ,’ नयाँ नीति तथा कार्यक्रममा भनिएको छ ।
यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ
https://drive.google.com/file/d/1QX-F76REp_MAdhXT7HK6upde-fwy3Awd/view
सम्बन्धित समाचार
कर प्रशासन पुनःसंरचना र भ्याट प्रणाली सुधार गर्न अर्थविद्को सुझाव
बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन
अर्थतन्त्रमा सकारात्मक सङ्केत, संरचनागत चुनौती कायमै
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन
१० हजार रुपैयाँमा कामदार पठाउन नसकिने
कर्मचारीको तलब २१ प्रतिशत वृद्धि
बाह्र वर्षमुनिका बालबालिका पनि चुरोटको लतमा
राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक






