जुम्ला । जुम्लाको तिला गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व रकम सङ्कलन गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१र८२ मा लक्ष्यअर्थात् अनुमान गरेकोभन्दा बढी आन्तरिक राजस्व रकम सङ्कलन गरेको हो ।
महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार पालिकाले त्यस आवमा २६ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले चालु आवमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका ठेक्कामार्फत काम भइरहेका छन् ।
करिब १२५ वटा योजना उपभोक्ता समितिबाट निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिका योजना शाखाका प्रमुख धीरेन्द्रविक्रम थापाले बताए । गाउँपालिकाले आव २०८१/८२ मा २० लाख भन्दामाथिका योजना १४, पाँच लाखदेखि ५० लाखसम्मका ६१ र पाँच लाखभन्दा कम लागतका ११ वटा आयोजना गरी जम्मा ८६ वटा योजना निर्माण सम्पन्न गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
सम्बन्धित समाचार
बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन
हुम्ला र बाजुरा सीमा विवाद’bout जाँचबुझ गर्न गृहको टोली हुम्लामा
कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट
दैलेखमा जिप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु
ठुलो मात्रामा नगद र सुनसहित वीरेन्द्रनगरबाट एक जना पक्राउ
राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक






