काठमाडौं । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको छ ।
नापी विभागका उपमहानिर्देशक सुशिल डंगोलको संयोजकत्वमा समिति गठन भएको हो । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार बसेको बैठकले समिति गठन गरेको उनको सचिवालयले जनाएको छ ।
समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक–एक जना प्रतिनिधि सदस्य रहनेछन् ।
त्यस्तै, नापी विभागका निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ । उक्त विषयमा सघन छलफलपछि समिति गठन भएको सचिवालयले जनाएको छ ।
बाजुराको हिमाली गाउँपालिका–३ को लाम्पाटामा सीमा विवादको विषयलाई लिएर कुटपिटको घटना भएको थियो । हुम्लाको खर्पुनाथ गाउँपालिका–२ थाली र लाम्पाटाका बासिन्दाबीच रानीसैन क्षेत्रको सीमाका विषयमा त्यसअघि पनि लामो समयदेखि विवाद कायम थियो ।
विवादका क्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहितको टोली ड्रोनसहित पुगेर भिडिओ बनाउन खोज्दा स्थिति असामान्य बनेर झडपमा परिणत भएको थियो ।
सम्बन्धित समाचार
राजस्व हिनामिना गरेको अभियोगमा मुद्दा दायर
गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
लाम्पाटा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन
लेक लागेर सगरमाथा आरोहीको निधन
लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती
चैतन्य पाठशालाले कक्षा ११ मा ४५ जनालाई पूर्ण छात्रवृत्ति दिने
एमाले अध्यक्ष ओलीले बोलाए सचिवालय बैठक
नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास





