सप्तरी । लालपुर्जा माग्दै विगत तीन सातादेखि आन्दोलनरत राजविराज नगरवासीलाई संघीय सरकारका दुई मन्त्रीले माग सम्बोधन गर्ने भनी आश्वस्त पार्ने प्रयास गरेका छन् । संघीय सरकारका पुर्वाधार विकास मन्त्री सुनिल लम्साल तथा श्रम तथा रोजगार मन्त्री रामजी यादवले यस्तो प्रयास गरेका हुन् ।
संघीय सरकारका दुई मन्त्रीद्वारा माग सम्बोधन हुने भनी आश्वस्त पार्ने प्रयास, आन्दोलनकारीपक्ष भन्छन्–विश्वस्त आधार नपाए सम्म आन्दोलन रोकिन्न
पुर्वाधार विकास मन्त्री सुनिल लम्साल राजविराज नगरपालिका कार्यालय प्राङ्गणमा चलिरहेको नगरवासीको धर्ना कार्यक्रम स्थलमै शनिवार पुगेर तथा श्रम रोजगार मन्त्री यादवले फोन सम्बाद मार्फत आन्दोलनकारीको जायज माग सम्बोधन हुने भनी आश्वस्त पार्ने प्रयास गरेका छन् ।
धर्ना स्थलमा आन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दास तथा अन्य आन्दोलनकारी संग कुरा गर्दै मन्त्री लम्सालले भने–तपाईहरुको जायज माग सम्बोधन गर्न हामी गम्भिर छौं, सोमबार पाँच सदस्यीय टोली बनाएर काठमाण्डौं आउनुस, हामी सरोकारबाला मन्त्री र कर्मचारी समेत बसी समस्याको उचित निकास निकाल्ने छौं ।”
मन्त्री लम्साल आउनु आधि घण्टा अघि अर्का मन्त्री रामजी यादवले पनि फोन सम्बाद मार्फत नगरवासीको उचित माग छिट्टै सम्बोधन हुने भन्दै आन्दोलनकारीलाई आश्वस्त पार्ने प्रयास गरेका थिए ।
उनले उक्त समस्या समाधानका लागि केन्द्र स्तरमै एउटा समिति गठन भईसकेको र सो समितिले एकसय दिनु भित्रै यसको टुङ्गो लगाउने भन्दै तत्काल नगरपालिका कार्यालयमा गरिएको तालाबन्दी खोल्न र आन्दोलनरत पक्षबाट एउटा टोली बनाई एक दुई दिनमै काठमाडौं आउन आग्रह गरेका थिए ।
संघीय सरकारका दुई मन्त्रीले आश्वस्त पार्ने प्रयास गरेपनि आन्दोलनकारी पक्ष भने विश्वस्त आधार खोजेका थिए । आफुहरुले लालपुर्जा पाउने विश्वस्त आधार नपाए सम्म आन्दोलन नरोकिने जवाफ दिएको जनआन्दोलन परिचालन समितिका संयोजक दासले बताए ।
प्रतिनिधिसभा सदस्य अंकिता ठाकुर, बब्लु गुप्ता राजविराज नगरपालिकाका कार्यबाहक नगरप्रमुख परवीनको समेत उपस्थितिमा भएको वार्ता भने सकारात्मक रहेको संयोजक दासको कथन छ ।
यसैबीच पुर्व घोषित आन्दोलन कार्यक्रम अनुसार आन्दोलन जनपरिचालन समितिको अगुवाईमा शनिवार नै लाठी जुलुस प्रदर्शन गरिएको छ ।
सम्बन्धित समाचार
ठूलै माछा फेला परेझैं पक्राउ प्रसाईं साधारण तारिखमा छुटे
नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छः शिक्षामन्त्री
कसरी ठगिन्छन् उपभोक्ता ?
साल्पा–सिलिचुङमा २५ सय मुन्दुमी बृक्ष रोपण
श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित
लोक शब्दमा देश
सुकुमवासी र भूमिहीनका नाममा ७० वर्षदेखि राजनीति
तत्कालीन गृहमन्त्री गुरुङमाथिको छानबिन समितिले बुझायो प्रतिवेदन






