लमजुङको लेकाली भेकमा धान रोपाई सुरु

लमजुङ । लमजुङको लेकाली भेकमा धान रोपाई सुरु भएको छ । विगतका वर्षझैं लमजुङको उत्तरी क्षेत्रमा रहेको मस्र्याङदी गाँउपालिका– ५ को घेमु फाँट र आसपासका क्षेत्रमा धान रोपाइँ सुरु भएको हो ।

घेर्मु फाँटका स्थानीय किसानहरूले धान रोपाई थालेपछि असार आएको अनुभूति भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । घेर्मु फाँट र आसपासका गाउँले किसानहरूले प्रायः नेपालमा मनसुन औपचारिक रुपमा भित्रिनु अघि नै धान रोपाई सुुरु गर्ने गर्दछन् ।

कुनै कुनै वर्ष जेठको १८ गतेदेखिनै धान रोपाई गर्ने घेर्मु फाँटबासीहरू यो वर्ष झण्डै एक साता ढिला गरी धान पोप्ने काम थालेका हुन् । यो वर्षका असारमा पानी कम पर्छ भन्ने मौसमविद्को कुरा समाचारमा सुने पछि धान रोपाईमा केही दिन ढिला गरेको स्थानीय लिला गुरुङले बताइन् । उनका अनुसार घेर्मु फाँटमा हिउँदका दिनमा पनि धान खेती लगाउन सक्ने पानीको सुविधा छ ।

धान खेतीयोग्य जमिनमा आवश्यक सिंचाईको सुनिश्चित भएको हुनाले किसानहरूले समयमै रोपाइँ थालेका सोही स्थानमा रहेको गंगामिलन माविका निवृत्ती शिक्षक स्थानीय कामसार्की गुरुङले बताए । उनका अनुसार घेर्मु फाँट र आसपासको क्षेत्रमा धान उत्पादनलाई गाउँको मुख्य आम्दानीको स्रोतका रुपमा लिने गरिएको छ । उनले भने, ‘पछिल्ला वर्षमा केही किसान तरकारी खेतीतर्फ पनि आकर्षित भएका छन् । समयमै रोपाइँ गर्दा उत्पादन वृद्धि हुने विश्वासले किसानहरू धान रोपाईमा जुटेका छन् ।

समयमै रोपाइँ हुँदा धानबालीको वृद्धि राम्रो हुने तथा उत्पादनमा समेत राम्रो हुने गर्दछ कृषि विकास कार्यालय लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीले बताए । उनका अनुसार जिल्लामा पछिल्ला बर्षहरूमा नौ हजार २९९ हेक्टर क्षेत्रफलमा बर्षे धान लगाउने गरेको रेकर्ड छ । उनले भने, ‘लमजुङ जिल्ला भर ४५ हजार भन्दाबढी हेक्टर क्षेत्रफलमा विभिन्न खेती हुँदै आएको छ तर खेतीयोग्य जमिनमध्ये बाँझो हुनेक्रम पनि पछिल्ला वर्षमा बढी रहेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

राजदरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको घोषणा