काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगा नाकाबाट भन्सार छली गरी ल्याइएका आइफोन बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुटवलबाट काठमाडौं आउँदै गरेको लु.२ ख. ६५६६ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा उक्त मोबाइलहरू फेला पारेको हो।
बसको चालक सिटको छेउमा झोलाभित्र लुकाएर ल्याइएका आइफोनहरू बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । बरामद सामानसँग सम्बन्धित कुनै पनि बिलबिजक वा वैधानिक कागजात प्रस्तुत गर्न नसकिएपछि प्रहरीले ती मोबाइल नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले बरामद आइफोनहरू आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ।
घटना’bout थप अनुसन्धान भइरहेको र भन्सार छलीमा संलग्न व्यक्ति तथा नेटवर्क’bout समेत खोजबिन भइरहेको प्रहरीले जनाएको छ। हाल बरामद आइफोनको संख्या र मूल्य’bout भन्सार कार्यालयले मूल्यांकन गरिरहेको बताइएको छ। पछिल्लो समय विभिन्न नाकाबाट भन्सार छली गरी महँगा मोबाइल तथा विद्युतीय सामग्री भित्र्याउने क्रम बढ्दै गएपछि सुरक्षा निकायले निगरानी कडा बनाएको छ।






