काठमाडौं । अग्रज कवि राजेश ढुंगानाको नविनतम् कवितासङ्ग्रह ‘मुटु फलाम भएरु को लोकार्पण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित एक कार्यक्रममा रोचक घिमिरे, कृष्ण धरावासी, प्राडा लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, कवि ढुंगाना दम्पती लगायतले कृति लोकार्पण गरेका हुन् ।
प्रमुखअतिथि वरिष्ठ साहित्यिक पत्रकार एवं साहित्यकार रोचक घिमिरेले कृतिकारलाई बधाई दिँदै पुराना दिनहरू स्मरण गरे । उनले भने, ‘हराएको कविले फेरि सिर्जना लिएर आएकोमा खुसी छु । राजेश ढुंगानाले हिजोको प्रजातान्त्रिक आन्दोलनको पक्षमा समसामयिक विषयमा लेखहरू निरन्तर लेखेर योगदान गरेका थिए ।
प्राडा गौतमले कवि ढुंगानामा मितव्ययी भाषामा गहिरो कुरा भन्न सक्ने सामार्थ्य भएका कविको रूपमा आफूले पाएको बताए । कवि विन्दास स्वभावका रहेकोमा उनले जोड दिए । ‘ढुंगानाका कविता वेदका मन्त्र पढेजस्तै छन्, जसले व्याख्या गर्दैनन्, संकेत मात्र गर्छन् । कविताको मूल स्वर विद्रोह र असन्तुष्टीतर्फ सुनिन्छन्। कतै कवि प्रेम बोल्छन् ‘ प्राडा गौतमले भने । कोमल तत्व र कठोर तत्व दुवै उत्तिकै कवितामा पाएको भन्दै उनले भने, ‘मृत्युचिन्तन, प्रेमचिन्तन, देश चिन्तन, समय चिन्तन र आफैँमाथि चिन्तन गरेर कविता सिर्जना भएका छन् ।’
कवितामा सरल बिम्व भैकन पनि गहिरा भाव अभिव्यक्त गर्ने सामार्थ्य भएको प्राडा गौतमले बताए ।
साहित्यकार धारावासीले ढुंगानासँग विताएका बाल्यकालीन दिनहरू समेत स्मरण गरे । उनले भाँचिन तयार हुने तर ननिहुरिने प्रजातान्त्रिक चेत बोकेका कविको रुपमा ढुंगानाको व्यक्तित्वको चर्चा गरे । ‘ काठमाडौंको साहित्य र पत्रकारितामा पनि उहाँको भूमिका छ । उहाँ मुक्तक, गीत र कविता सशक्त ढंगले लेख्नसक्ने क्षमतावान् कवि हो,’ धरावासीले भने ।
कार्यक्रममा समाजका संरक्षक पवन आलोक, कवि पत्नि मीना ढुंगाना समेतले शुभकामना मन्तव्य राखे । लोकार्पण गरिएको कृतिबाट सुधा शर्मा, राजेश खनाल लगायतले कविता बाचन गरे ।
नेपाल स्रष्टा समाज केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रममा सभाध्यक्षको मन्तव्य राख्दै समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले छोटा कवितामा पनि शक्ति हुन्छ भन्ने कुरा राजेश ढुंगानाका कविताले पुष्टि गरेको बताए । उनले वर्तमान समयमा नेपाली साहित्यक्षेत्रमा देखिएका विकृतिप्रति लक्षित गर्दै भने, ‘पुरस्कार र सम्मानको नाउँमा अस्वस्थ्य प्रतिस्पर्धा देखिएको छ । यो हुनु राम्रो संकेत होइन् ।’
मधु पाठकद्वारा सञ्चालित उक्त कार्यक्रममा तारा सुवेदीले स्वागत मन्तव्य व्यक्त गरिन् ।
सम्बन्धित समाचार
सिल्भेस्टर स्टेलोनको ठाउँमा अब नयाँ ¥याम्बो
नायकको हात भाँच्चिएपछि ‘सिन्दुरे जात्रा’ रोकियो
कान्तिपुर थिएटरमा नाटक ‘महाभारत’
बक्स अफिसमा ‘मितज्यू’ उकालो लाग्दा ‘काजी’ खस्कियो
काँधमा तरबार राख्दैै राजाले गरेर अभिनेता इद्रिसलाई सम्मान
काठमाडौं महानगरले ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रम सञ्चालन गर्ने
‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर
काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु






