काठमाडौँ । लुम्बिनी प्रदेशमा सरकार गठनको प्रक्रियालाई अघि बढाउन नेकपा एमाले र नेकपाले नेकपा मसालसँग सहकार्य गर्ने समझदारी गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा मसालका महामन्त्री मोहनविक्रम सिंहबीच भएको सहमतिमा प्रदेश सरकार गठनसँगै लुम्बिनीका विकास निर्माणका काममा समेत आपसी समन्वय र सहकार्य गर्ने विषय समेटिएको छ।
८७ सदस्यीय प्रदेश सभामा एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन्, जुन बहुमत (४४) का लागि तीन सिट कम हो । यहाँ जनमोर्चाका एक सांसद छन् । मसालको समर्थनले पनि एमाले-नेकपाको सरकार गठन हुने सम्भावना देखिंदैन ।

तपाइको प्रतिक्रिया
(Visited 125 times, 1 visits today)






