काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने वन क्षेत्रको क्षतिपूर्ति स्वरूप वृक्षरोपण कार्य अगाडि बढाउन प्रेरा निर्माण सेवासँग सम्झौता गरेको छ ।
एमसिए नेपालले सर्लाहीको ईश्वरपुर नगरपालिका–४ मा रहेको सागरनाथ वन विकास परियोजनाअन्तर्गत ४५० हेक्टरमा वृक्षरोपण र वन व्यवस्थापन कार्य सञ्चालन गर्ने एमसिए नेपालले आज जनाएको छ । वृक्षरोपणले वातावरणीय संरक्षण र दिगो वन व्यवस्थापनमा योगदान पुग्ने बताइएको छ ।
सागरनाथ वन विकास परियोजनाले सर्लाही, महोत्तरी र रौतहट जिल्लामा गरी १३ हजार ५१२ हेक्टर (अर्थात करिब १३५ वर्ग किलोमिटर) वन क्षेत्रफल ओगटेको छ । यो आयोजना महोत्तरीको पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण, पूर्वमा भव्सी खोला र पश्चिममा बागमती नदीको बीचमा फैलिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)
सम्बन्धित समाचार
दाङमा टिपरको ठक्करबाट बाबुछोराकै मृत्यु
बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु
राष्ट्रिय जनसङ्ख्या नीति सार्वजनिक
भीमफेदी–बैदमार जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु
पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला
पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान
सुनौलो इतिहास रहेको कन्या मन्दिरप्रति छात्राको आकर्षण
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था






