मुस्ताङ। धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला व्यवस्थापनमा चुनौती थपिएको छ ।
मुक्तिनाथ दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकले तोकिएका स्थानमा उचित ढङ्गले फोहरमैला व्यवस्थापन नगरेकाले फोहरमैला व्यवस्थापनमा चुनौती थपिएको हो ।
बिगत वर्षभन्दा चालु वर्षमा मुक्तिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकहकरुको आगमन भने बढेको छ । भारतीय पर्यटकहरुकै कारण यहाँ जथाभावी फोहर बढेसँगै व्यवस्थापनमा कठिनाइ भएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोम कार्यालयका अनुसार झण्डै दैनिक १० हजार भारतीय पर्यटक मुस्ताङको मुक्तिनाथमा दर्शन गर्न आउने गरेको उल्लेख छ । यहाँ दर्शनार्थी बढेसँगै, राजमार्ग, आसपासका होटलमा पर्यटकको चहलपहल भने उत्साह जनक रहेको छ ।
दर्शनार्थीले स्नान गर्दा जथाभावी फोहर मिल्काउने, अनियन्त्रित रुपमा जथाभावी फोहर गर्ने लगायतका कामले वातावरणीय सौन्दर्यतामाथि प्रश्न उठ्न थालेको छ ।
सम्बन्धित समाचार
वृद्ध किसानका दुःख सातामा सातैदिन बाँदरको चौकीदारी
पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक
हिमालको काखबाट राष्ट्रिय समृद्धितर्फ
भीरबाट लडेर एक किशोरको मृत्यु
झापामा हुरी र वर्षाले केराखेती नष्ट
खोटेहाङका चार कृषकसहित विभिन्न व्यक्ति तथा संस्था पुरस्कृत
पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त
खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले किसान चिन्तित






