काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अहिलेसम्म चार प्रदेश र ६४ जिल्लाका अधिवेशन सम्पन्न भएको जनाएको छ ।
पछिल्लो विवरणअनुसार ६०९ पालिका, चार हजार ३६३ वडामा अधिवेशन सम्पन्न भइसकेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ भने मधेश प्रदेशको अधिवेशन स्थगन रहेको छ । त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालू रहेको रास्वपाले जनाएको छ ।
अहिलेसम्म कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशका रुकुमपूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ, मधेश प्रदेशका धनुषा, सप्तरी बारा र सर्लाहीमा अधिवेशन हुन नसकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । यसैगरी सिन्धुपाल्चोक, सिरहा, महोत्तरी, रौतहटमा अधिवेशन प्रक्रिया शुरू भई स्थगन भएको उनले बताए ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन यही असार ७, ८ र ९ गते चितवनमा आयोजना हुनेगरी तयारी तीव्र भइरहेको छ ।
सम्बन्धित समाचार
लुम्बिनीमा एमालेका चार मन्त्रीले राजिनामा दिने तयारी
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
रास्वपा लुम्बिनीको नयाँ कार्यसमिति चयन, सभापतिमा घिमिरे निर्वाचित
नारायणीमा पौडी खेल्नेक्रममा डुबेर बेपत्ता
बालेनले संसद्मा राष्ट्रघाती अभिव्यक्ति दिए : अध्यक्ष ओली
झापामा हुरी र वर्षाले केराखेती नष्ट
मानव अधिकार आयोगका सिफारिसविरुद्ध अदालत जाने एमालेको निष्कर्ष
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप





