काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ ।
पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्नेसहितको कार्यतालिका पारित गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।
बैठकले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिका समेत परिमार्जनसहित पारित गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिबाट प्रस्तावहरूलाई शुक्रबारबाट सुरू हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिने लिङदेनले बताए ।
केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति पारित प्रस्तावहरूमाथि छलफल गरेर आवश्यक निर्णय लिने उहाले जानकारी दिए ।
उनले भदौ मसान्तसम्ममा जिल्ला अधिवेशनहरू सम्पन्न गरिसक्ने, असोज मसान्तसम्ममा सक्रिय सदस्यता वितरणको कार्य सम्पन्न गर्ने प्रस्ताव गरिएको सुनाए ।
सम्बन्धित समाचार
तत्कालीन गृहमन्त्री गुरुङमाथिको छानबिन समितिले बुझायो प्रतिवेदन
प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
नतिजा देखिने गरी कार्यसम्पादन गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
नवनियुक्त मन्त्री गुरुङ र पुनले लिए शपथ
प्रतिनिधिसभाः समयमै रासायनिक मल उपलब्ध गराउन माग
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
पूर्वसभामुखले लिए सक्रिय राजनीतिबाट बिदा






