काठमाडौं । तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथिको छानबिन समितिले प्रतिवेदन बुझाएको छ। शुक्रबार प्रधानमन्त्री समक्ष ४५ पृष्ठको प्रतिवेदन बुझाएको समिति अध्यक्ष अच्युतप्रसाद भण्डारीले बताए।
समितिलाई पाँच दिन थपिएको म्याद आइतबार सकिने भए पनि त्यसअघिनै प्रतिवेदन बुझाइएको हो। सुधन गुरुङको विषयमा समितिको प्रतिवेदन प्रमाणबाहेक ४५ पृष्ठको छ। दुई प्रति प्रतिवेदन बुझाएको हो । त्यसबाहेक प्रमाणहरू पनि प्रतिवेदनसाथ संलग्न गरिएको छ।
जग्गा, स्टक एक्सचेन्जका प्रमाणहरू, रेमिट्यान्स, कतिपय मुद्दामा मिलापत्र भएको पाइएपछि त्यसको प्रमाण पनि समितिले प्रतिवेदनसँगै बुझाएको छ। रेमिट्यान्स र सापट लिएको भनिएको विषयमा पनि समितिले छानबिन गरेको छ।
आयव्ययको रिपोर्ट, सुनको विषय, सुधनको कुन-कुन कम्पनीमा लगानी छ, कसरी लगानी गरे, रकम कहाँबाट ल्याए भन्ने विषयमा पनि समितिले विस्तृतमा छानबिन गरेको प्रतिवेदनमा उल्लेख छ।
‘सुधन गुरुङको विषयमा जे-जे बाहिर प्रश्न उठेका थिए, ती सबै विषय प्रतिवेदनमा समेटिएको छ। हामीले जे देख्यौँ त्यहीँ उल्लेख गरेका छौँ। प्रतिवेदन पनि सार्वजनिक गरिदिनुहोस् भनेका छौँ’, अध्यक्ष भण्डारीले भने।
सम्बन्धित समाचार
लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश
नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
प्रतिनिधिसभा बैठकमा अमर्यादित गतिविधि गर्नेमाथि सभामुख कारबाही गर्ने तयारी
रास्वपा सभापति लामिछाने र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता
बालेनले संसद्मा राष्ट्रघाती अभिव्यक्ति दिए : अध्यक्ष ओली
समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको हुँ : रवि लामिछाने
पोखरामा काँग्रेस सभापति थापाइतरको भेला
सांसद कार्कीले गरिन् मगर गाउँदेखि सिकाली मार्ग जाने सडकको अनुगमन






