काठमाडौं । राष्ट्रिय समावेशी म्युजिक अवार्डको ९ औं संस्करण राजधानीमा सम्पन्न भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले विभिन्न विधामा छानिएका स्रष्टाहरुलाई सम्मान गरेका छन् ।
पावर ईन्टरनेशन मिडिया नेपालको आयोजना एवम् ईरा प्रोडक्सनको ब्यवस्थापनमा राजधानीमा सम्पन्न कार्यक्रममा गायिका देविका बन्दना, वरिष्ठ अभिनेत्रीत्रय बसुन्धरा भुषाल, भुवन चन्द, चैतदेवीलगायत सम्मानित भएका हुन् । समारोहमा वरिष्ठ गीतकार सुरेश घिमिरे, कृष्णदेव रुपाखेती, महेशराज थापा, विनोद देवकोटा, सालिकराम दुलाल, दिपा थापा, सचिन भट्टराई, रणजीतकुमार झा, सुनिता कुवँर सम्मानित भएका छन् ।
विविध भाषाका गीतसंगीतलाई एउटै मञ्चमा सम्मान गर्ने उद्देश्यसहित आयोजना भएको ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२६’ मा नेपाली भाषाका साथमा नेपालमा बोलिने भोजपुरी÷मैथली, नेपाल भाषा, तामाङ, थारु, डेउडा लगायतका विविध भाषा तथा भाकाका गीत तथा भिडियोहरुलाई विभिन्न ३० विधासहित पपुलर, जुरी र इनकरेजमेन्ट अवार्ड प्रदान गरिएकोे थियो ।
३० विधामा सम्मानित हुनेमा पुरण क्षेत्री, डिपी खनाल, अनन्त अजय, डा. रुद्रनाथ अधिकारी,
गीता अधिकारी, विपना, आर्यन सिग्देल, सृष्टि खड्का, उपाशना पाठक, सञ्जिवनी खनाल, सुष्मा शाही ठकुरी, पुजा ठकुरीलगायतका स्रष्टालाई विभिन्न विधामा सम्मानित गरिएको हो ।
सम्बन्धित समाचार
ललितकला क्याम्पस र राम मन्दिरमा ‘अन्तर्राष्ट्रिय संगीत महोत्सव’
काँधमा तरबार राख्दैै राजाले गरेर अभिनेता इद्रिसलाई सम्मान
काठमाडौं महानगरले ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रम सञ्चालन गर्ने
‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर
काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु
‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी
‘कुम कुम भाग्य’की अभिनेत्रीले गरिन आत्महत्या
अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’






