फिफा विश्वकप फुटबल २०२६ प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकिएको छ ।
अमेरिकाको एटलान्ट स्टेडियममा आज भएको समूह ‘ए’को खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको छैटौँ मिनेटमा चेक रिपब्लिकका मिचल सादिलेकले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।
त्यसपछि खेलको ८३औँ मिनेटमा पेनाल्टीमार्फत दक्षिण कोरियाले एक गोल फर्कायो । खेलको ८३औँ मिनेटमा डिबक्सभित्र चेक रिपब्लिकका खेलाडीको हातले बललाई छोएपछि दक्षिण अफ्रिकाले पेनाल्टी पाएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै दक्षिण अफ्रिकाका खेलाडी तेबोहो मोकोनाले गोल गरे ।
तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)
सम्बन्धित समाचार
एसियन गेम्स छनोट: फाइनलमा नेपालसँग हङकङ भिड्ने
विश्वकप फुटबलमा दक्षिण कोरियाको शानदार सुरुवात
विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित
मोरक्कोले ५ पटकको विजेता ब्राजिलसँग खेल्दै
विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो
कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु
फिफा विश्वकप : उरुग्वे र साउदीबीचको खेल बराबरी
समूह ‘एल’मा इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती







