मौलापुरलाई डिस्टर्ब न गर्न सामान्य प्रशासनमन्त्री प्रतिभा रावललाई मेयर रिना साहको चेतावनी

रौतहट । रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले संघीय सरकारको अनावश्यक एवं गैरकानूनी हस्तक्षेपले सर्वसधारणले सेवा, सुविधा पाउन नसकेको टिप्पणी गरेकी छन् ।

संघीय सरकारको अनावश्यक एवं गैरकानूनी हस्तक्षेप नरोकिए जनता अब त्यसको प्रतिकार गर्न तयार रहेको उनले बताइन् । पालिकाबाट दिदै आएको सेवा, सुविधाहरु रोक्ने षडयन्त्र सहित संघीय सरकारले हस्तक्षेप गरेको गुनासो उनले गरिन् ।

‘संघीय सरकारको सामान्य प्रशासन मन्त्रालय र मन्त्रीलाई यहाँको बिषयमा पटक–पटक जानकारी गराउँदा समेत कुनै चासो लिएको छैन् । सुशासनको दुहाई दिने सरकारले सुशासनको नै धज्जी उडाएको छ,’ मेयर साहले आज सञ्चारकर्मीसंग कुराकानीमा भनिन्, ‘संघीय सरकारले पालिकालाई असफल बनाउन हरेक हत्काण्डा अपनाइरहेको छ, जुन सर्वसधारण जनताको हितविपरित छ । पालिकालाई असफल बनाएर संघ सफल हुन सक्दैन् ।’

मौलापुर नगरपालिकामा संघीय सरकारको तर्फबाट भइरहेको अनावश्यक एवं गैरकानूनी हस्तक्षेपले सर्वसधारणले पाउदै आइरहेको सेवा, सुविधा अवरुद्ध भइरहेको बताउदै उनले यसलाई जनस्तरबाटै अब प्रतिकार गरिने बताइन् ।

भुमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका कर्मचारीले पालिकाको परिषदका निर्णय कार्यान्वयन गर्नुको साटो राजनीति गरिरहेकाले यस्ता हर्कत स्वीकार्य नभएको चेतावनी दिइन् । यस’boutमा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई जानकार भए पनि मन्त्रीले नै वालेन सरकारको सुशासनको धज्जी उडाउन लागि परेको उनले बताइन ।

निशुल्क बिजुली, निशुल्क पानी, छोरीसंग मेयर लगायतका कार्यक्रमहरु मौलापुरको लोकप्रिय कार्यक्रम भएको बताउदै उनले यस्ता कार्यक्रमहरु संघीय सरकारको अनावश्यक एवं गैरकानूनी हस्तक्षेपले प्रभावित भएको बताइन । बर्षौदेखी कार्यान्वयनमा रहेका यि कार्यक्रमहरु संघीय सरकारको हस्तक्षेपका कारण अवरुद्ध भएको बताउदै यसलाई जसरी पनि सुचारु गराउने उदघोष गरिन् ।

‘संघीय सरकारले पालिकामा अनावश्यक एवं गैरकानूनी हस्तक्षेपले सुशासन कायम हुन्छ ? सुशासनको नारा दिने सरकारले नै किन सुशासनको धज्जी उडाउँदै छ ? सामान्य प्रशासनमन्त्रीले कानमा तेल हालेर बस्न मिल्छ कि मिल्दै ? यो सबै प्रश्नको जवाफ मौलापुरबासीले खोजिरहेका छन्,’ प्रश्न गर्दै मौलापुरका मेयर साहले भनिन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रावल, प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरे सहितकाले मनोमानी गर्न थालेपछि मेयर साहले गैरकानूनी रुपमा संघीय सरकारको भइरहेको हस्तक्षेप बन्द नगरिए जनताले नै प्रतिकारमा उत्रिने चेतावनी दिएकी छन् ।

स्थानीय तहले गर्दै आएको देशकै नमुना मानिने जनमुखी लोकप्रिय कार्यक्रमहरु प्रमुख प्रशासकीय अधिकृतको असहयोगका कारण कार्यक्रम नै अन्योलमा परेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा महाधिवेशनमा गगन देखि बाबुरामसम्म