काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट)बाट यो वर्ष पनि निस्कन असफल भएको छ ।
फ्रान्सको पेरिसमा आयोजित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को प्लेनरी तथा वर्किङ ग्रुप बैठकका अनुसार यो वर्ष पनि नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट)बाट निस्कन असफल भएको हो ।
एफएटीएफ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानी रोक्न संसारभरका मुलुकहरूले खडा गरेको अन्तरसरकारी निकाय हो । यसले सम्पत्ति शुद्धीकरणको जोखिममा रहेका मुलुकलाई ‘ब्ल्याक लिस्ट’ तथा ‘ग्रे–लिस्ट’मा राख्दै आएको छ ।
यसअघि पनि विभिन्न समयमा नेपाललाई एफएटीएफले ग्रे लिस्टमा राखेको थियो । एफएटीएफले खैरो सूचीबाट बाहिर निस्किनका लागि नेपाललाई कानुन कार्यान्वयन, वित्तीय अनुगमन प्रणाली, जोखिमयुक्त क्षेत्र नियन्त्रण लगायतका क्षेत्रमा सुधार गर्न सुझाव दिएको छ ।
सम्बन्धित समाचार
प्रहरीले ताल्चा फुटाएपछि राजविराज तनावग्रस्त
लालपुर्जा माग्दै राजविराज अनिश्चितकालिन बन्द
भारतीय दूतावासको सहयोगमा दुर्गम गाउँमा बिद्यालयको भवन बन्दै
ओली, लेखक र गुरुङलाई कारबाही गर्ने कानुनको खोजीमा सरकार
सूर्यदर्शन सहकारी प्रकरणः प्रतिवादीहरु कुमार रम्तेल, भविश्वर अर्याल र प्रमोद भट्टराईलाई थुनामै राख्ने आदेश
एनसेलले क्रिप्टो र हुन्डीमार्फत पैसा विदेश लगेको खुलासा
सरकार फेरिएपिच्छे चेपुवामा प्रशासकीय अधिकृत
रास्वपा प्रथम महाधिवेशन : बन्दसत्र सुरु हुँदै, यस्तो छ आजको सम्भावित कार्यसूची






