राजविराज । सप्तरी सदरमुकाम राजविराजस्थित समाजिक विकास इकाई कार्यालय सप्तरीका प्रमुख अनिलकुमार यादवले आर्थिक वर्षको अन्तिम समयमा गरिएको सरुवाले सेवा प्रभावित बन्न पुगेको बताइएको छ ।
मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा आर्थिक वर्षको अन्त्यतिर गरिएको सरुवाले यस्तो समस्या उत्पन्न भएको हो । मन्त्रालयका निमित्त प्रदेश सचिव सुशीलकुमार साह तेलीद्वारा ५ असार २०८३ को मिति राखी पठाइएको चलानी नं. ७३१ को पत्रानुसार उनलाई मन्त्रालयमा फिर्ता बोलाइएको छ ।
पत्रमा २०८३ साल असार ५ गते मन्त्रिस्तरीय निर्णयअनुसार ‘तपाई श्री अनिलकुमार यादवलाई सामाजिक विकास इकाइ कार्यालय सप्तरीको इकाइ प्रमुख पदबाट फिर्ता बोलाइएको’ उल्लेख छ ।
मधेश प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यतिर कर्मचारी सरुवा गर्ने र फिर्ता बोलाउने कार्यले एकातिर सेवा प्रभावित बनेको छ भने अर्काेतिर कर्मचारी सरुवा गरेर इच्छाएको कर्मचारी पठाउने चलखेल व्यापक बनेको छ ।
स्थानीय उमाकान्त साहले सहज ढंगबाट कार्यालयको कार्य सम्पादन भइरहेका बेला मनपरी ढंगले गरिएको सरुवाले समस्या र शंका दुबै उब्जाएको बताए । यता, असार मसान्तको अन्त्यतिर गरिएको सरुवा प्रकरणको विरोध प्रदेश सभामा समेत भएको छ ।
अघिल्लो दिन आइतबार मधेश प्रदेश सभा सदस्य एवं पूर्वअर्थमन्त्री महेशप्रसाद यादवले कडा आपत्ति जनाउँदै अबिलम्ब यस्ता कार्य रोकिनुपर्ने माग गरेका छन् । उनले राम्रो ढंगले कार्यसम्पादन गर्दै आएका कर्मचारीलाई सरुवा गरेर इच्छाएको कर्मचारीलाई पठाउने र आर्थिक लाभ लिने चलखेल भइरहेको भन्दै सरकार प्रमुखको ध्यानाकर्षण गराए ।
उनले आर्थिक वर्षको अन्त्यतिर मनपरी ढंगले गरिएको सरुवाका कारण कार्यालयको कामकाज प्रभावित हुने र सेवाग्राही मारमा पर्ने गरेको भन्दै अविलम्ब यस्ता गतिविधि रोक्नुपर्ने माग गरे ।
सम्बन्धित समाचार
लालपुर्जा माग्दै राजविराज अनिश्चितकालिन बन्द
उपसचिव सुरेशबाबु महिनौं बेपता हुँदा समेत मन्त्री प्रतिभा किन मौन ?
पश्चिम नवलपरासीका किसान रोपाइँमा व्यस्त
व्यापारी रामहरि श्रेष्ठको हत्या अभियुक्त गोविन्दबहादुरलाई १० वर्ष कैद सजाय
पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने
रास्वपाको उदयसँगै प्रतिनिधिसभामा मधेशी दलित शून्य : प्रभु साह
सुन्दरहरैचामा एन प्याब्सनद्वारा नगरस्तरीय पेन्सिल स्केच कार्यशाला सम्पन्न
वातावरण संरक्षणमा स्थानीय तह उदासीन







