काठमाडौँ । नदी कटानका कारण धादिङको गजुरी गाउँपालिका-५ स्थित गलौँदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार नदी कटानले सडक भासिएपछि उक्त खण्डमा सवारीसाधनको आवागमन पूर्ण रूपमा ठप्प भएको हो।
सडक भासिएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको छ। जोखिम व्यवस्थापनसँगै सवारी आवागमन सञ्चालनका लागि डाइभर्सन निर्माण गर्ने वा सडक मर्मत गर्ने विकल्प’bout समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताइन्।
राजमार्ग अवरुद्ध भएपछि उक्त सडक खण्ड हुँदै आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन्।
तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)
सम्बन्धित समाचार
काठमाडौं जोड्ने राजमार्ग बन्द, रोकिए सार्वजनिक बस
काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गाडी ठप्प
आइतबारदेखि पूर्वी नेपालवाट वर्षाको क्रम घट्ने, अन्य प्रदेशमा मंगलबारसम्मै प्रभाव
पछिल्लो विपदबाट छ जनाको मृत्यु
काठमाडौंमा आइतबारसम्म वर्षा जारी रहने, सोमबारदेखि देशैभर मौसम सफा हुने पूर्वानुमान
कुलेखानी जलाशयको सतह खतरा लेभलमा, देउराली-सिस्नेरी सडक बन्द
दुर्गा प्रसाईं आज पनि पक्राउ
कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा रवि, केपी र प्रचण्डलाई आमन्त्रण





