दोहा । १४ जनाको मृत्यु हुने गरी कतारमा भएकाे ग्यास प्लान्ट विस्फोटमा केही नेपाली घाइते भएको समाचार प्राप्त भएको छ । रास लाफान एलएनजी कम्प्लेक्समा अचानक विस्फोट हुँदा १२ भारतीयसहित १४ जनाको मृत्यु भएको थियो । विस्फोटमा ६६ जना घाइते भएका छन् ।
कतारका ऊर्जामन्त्री साद अल-काबीले , ‘रास लाफान औद्योगिक शहरको बरजान स्थानीय ग्याँस आपूर्ति सुविधामा विस्फोट भएको थियो । दुर्घटनामा घाइते हुनेहरूमा भारत, कतार, तान्जानिया, पाकिस्तान, गिनी, नेपाल, बंगलादेश, केन्या र नाइजेरियाका नागरिकहरू रहेका छन् ।’
ऊर्जामन्त्रीले यो दुर्घटना मात्रै भएको बताए। यसमा कुनै गल्ती वा जानाजानी गरिएको कारबाहीको कुनै संकेत देखिएको छैन । उनका अनुसार गत डिसेम्बर २०२५ देखि आवश्यक मर्मतका लागि प्लान्ट पूर्ण रूपमा बन्द गरिएको थियो र दुई दिन अघि मात्र उत्पादन पुनः सुरु गरिएको थियो। दुर्घटनाको कारणको अनुसन्धान सुरु भएको छ।
ऊर्जा मन्त्रीका अनुसार आइतबार साँझ पुनः सुरु गर्ने प्रक्रियाको क्रममा बरजान स्थानीय ग्याँस आपूर्ति सुविधामा विस्फोट र आगलागी भएको थियो। आपतकालीन टोलीहरू तुरुन्तै घटनास्थलमा पुगे र आगो नियन्त्रणमा लिएका थिए ।
कतारी मिडियाका अनुसार विस्फोट यति शक्तिशाली थियो कि यसको आवाज राजधानी दोहासम्म सुनिएको थियो। ७० किलोमिटर टाढा बस्ने मानिसहरू पनि सतर्क भएका थिए । यद्यपि, ऊर्जामन्त्री काबीले दुर्घटनाले कुनै वातावरणीय खतरा नरहेको र कतारको ग्याँस आपूर्ति जारी रहेको बताए।
सम्बन्धित समाचार
हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
अमेरिका-इरान वार्ता आज
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामाको घोषणा
कतारको रास लाफान ग्यास प्लान्टमा भीषण विस्फोट : १३ जनाको मृत्यु, ६६ घाइते
एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो पत्रकार थिए
सुन्दरहरैँचामा महिलाहरुको सक्रियताले जोगिँदै नौमती बाजा
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद् अवरुद्ध कहिलेसम्म ?
शल्यक्रिया गरिएको सुत्केरीको पेटभित्र कपडाको टुक्रा







