काठमाडौं । सुकुम्बासी राखिएको होल्डिङ्ग सेन्टर खाली गर्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्देशन दिएको छ । समितिले होल्डिङ्ग सेन्टर खाली गर्न ५ दिनको समयसीमा तोकेको छ । निर्देशनमा समितिले स्वःव्यवस्थापन गर्न भनेको छ ।
सरकारले काठमाडौं उपत्यकाका विभिन्न खोला किनाराबाट हटाइएका सुकुम्बासीलाई होल्डिङ्ग सेन्टरमा राखेको छ । उनीहरुले असार १२ गतेभित्र होल्डिङ्ग सेन्टर खाली गरिसक्नु पर्नेछ । उनीहरुलाई कोठामा सामान खरिद गर्नका लागि २५ हजार रुपैयाँ दिने सरकारको निर्णय छ ।
‘पुनःस्थापना रकम प्राप्त भएपश्चात शिविर बन्द हुने भएकाले खाली गरी स्वःव्यवस्था गर्नुहुन’,सूचनामा भनिएको छ,‘यो सूचना प्रकाशित भएको मितिले पाँच दिन (२०८३–०३–१२) भित्र खाली गरी स्वः व्यवस्थापन गर्नुहुन ।’ सरकारले केही साता अघिदेखि नै होल्डिङ्ग सेन्टरमा खाना बन्द गरिसकेको छ ।
सम्बन्धित समाचार
प्रहरी पोसाक खरिदमा अन्ततः तोडिँदै सेटिङ र ठेकेदारी प्रथा
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला
पूर्व बैंकर रेशम थापाको कार दुर्घटनामा निधन
रेसुङ्गामा लार्भा नष्ट एवं सरसफाई अभियान
हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
केप भार्डे, जसले विश्व चकित बनायो
हरेक वर्ष बढ्छ नेपालीको थाप्लोमा ऋण







