एन्टे बुडिमिरको एक मात्र गोलमा क्रोएसियाले फिफा विश्वकप २०२६ पानामालाई १-० ले पराजित गरेको छ ।
समूह एलमा रहेको सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियाको यो पहिलो जित हो र यो जितले राहत मिलेको छ । क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा क्रोएसियाका बुडिमरले दोस्रो हाफमा निर्णायक गोल गरे ।
उनाले ५३औं मिनेटमा जोसिफ स्टानिसिकको पासमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । त्यसपछि दुवैले टोलीले गोल गर्ने प्रयास गरेपनि थप गोल भएन । पहिलो खेलमा इंग्ल्यान्ड्सँग ४-२ ले पराजित भएको क्रोएसिया पहिलो जितपछि ३ अंक जोड्न सफल भएको छ ।
क्रोएसियाले अब अन्तिम खेलमा घानासँग खेल्नेछ र समूह चरण पार गर्न उक्त खेलमा निर्णायक हुनेछ । घानालाई पराजित गरेमा क्रोएसिया समूह एलको शीर्ष दुईमा रहेर नकआउट चरणमा प्रवेश गर्नेछ ।
पानामा भने लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिने पक्का भएको छ । पानामा पहिलो पहिलो खेलमा पनि घानासँग १-० ले नै पराजित भएको थियो । पानामाले अब अब अन्तिम खेलमा इंग्ल्यान्डसँग खेल्नेछ ।
सम्बन्धित समाचार
अल्जेरियाविरुद्धको खेल मेसीका लागि विशेष
दमकमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता जारी
विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी
कतारको पोस्टमा क्यानडाको ६ गोल
क्यानडाको ऐतिहासिक रात, मेक्सिको ‘अन्तिम ३२’मा
जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको प्रभावशाली जीत
फ्रान्स र नर्वे नकआउट चरणमा, अल्जेरियाले अस्ट्रेयासँग निर्णायक खेल खेल्ने






