जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै

शनिबार मध्यराति जर्मनीले समूह ‘इ’अन्तर्गत आइभरी कोस्टसँग शीर्ष स्थानको प्रतिस्पर्धाका लागि खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यराति १:४५ बजे हुनेछ । टोरन्टोस्थित बिएमओ फिल्डमा जर्मनी र आइभरी कोस्टबीच हुने खेल नकआउट चरणमा स्थान सुरक्षित गर्ने दौडमा निर्णायक साबित हुन सक्छ ।

दुबै टोलीले आफ्नो विश्वकप अभियान जितका साथ सुरुआत गरेका छन् । अहिले यी दुई तालिकाको शीर्ष दुईमा छन् । जर्मनीले प्रतियोगिताकै अहिलेसम्मको सबैभन्दा प्रभावशाली प्रदर्शन गरेको थियो । कुराकाओ ७–१ को नतिजामा पराजित भयो ।

ह्युस्टन रंगशालामा क्याराबियन टापुले चारपटकको च्याम्पियन जर्मनीविरुद्ध खेलको २१औं मिनेटमा बराबरी गोलको खुसी मनाएको थियो । मिडफिल्डर लिभानो कोमेनेन्सियाले कुराकाओका लागि ऐतिहासिक पहिलो गोल गरे । यो गोलले पाँच हजार घरेलु समर्थकबीच कुराकाओले छोटो समयका लागि भएपनि जर्मनीलाई अपसेटको आभाष दिलाएको थियो ।

त्यसअघि लिभानोअघि मिडफिल्डर फिलिक्स एनमेचाले जर्मनीलाई छैटौं मिनेटमै अग्रतामा ल्याएका थिए । फिफा वरीयतामा ८२औं स्थानमा रहेको कुराकाओ मात्र एक लाख ५० हजार जनसंख्या भएको सानो टापू हो । बराबरीको नतिजाले पनि आजको दिन विश्वकप इतिहासकै ‘बिगेस्ट अपसेट’ हुने थियो ।

तर, हाइड्रेसन ब्रेकले जर्मनीलाई केही फाइदा पुग्यो । जर्मनीले तुरुन्तै लय समात्यो र दोस्रो हाफमा जाँदै गर्दा ३–१ को अग्रता बनायो । स्ट्राइकर काय हाभाट्र्जले इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरे । त्यसअघि ३८औं मिनेटमा सेन्टरब्याक निको श्लोटरबेकले हेडरमार्फत कर्नर बललाई जाली चुमाउँदा जर्मनीले २–१ को अग्रता लिएको थियो ।

दोस्रो हाफमा अट्याकिङ मिडफिल्डर यमाल मुसियाला, लेफ्टब्याक न्याथनियल ब्राउन र वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका स्ट्राइकर डेनिज उन्डभले गोल गरेपछि जर्मनी सहज जितको हकदार बन्यो ।

यसबीच जर्मनी विश्वकप इतिहासमै सबैभन्दा धेरै गोल गर्ने सूचीमा शीर्ष स्थानमा पनि उक्लियो । जर्मनीले आफ्नो गोल संख्यालाई २३९ पुर्याएको छ । जुन ब्राजिलभन्दा एक गोलले बढी हो । जर्मनीले पछिल्ला १० अन्तर्राष्ट्रिय खेलमा पराजय बेहोरेको छैन । १०मध्ये ९ खेलमा जर्मनीले कम्तिमा पनि दुई गोल गरेको छ । तर, टोलीमा डिफेन्सिभ लाइनको चिन्ता अझै छ । ’cause सन् २०१४ को फाइनल खेलयता टोलीले विश्वकपमा क्लिनसिट राख्न सकेको छैन ।

आइभोरी कोस्टले अघिल्ला दुई संस्करण गुमाएपछि विश्वकपमा सानदार पुनरागमन गरेको छ । अफ्रिकी टोलीका लागि इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका विंगर अमाद डियालोले निर्धारित समयको अन्तिम मिनेटमा निर्णायक गोल गरे । डियालो दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । १२ वर्षपछि आइभोरी कोस्टलाई विश्वकपमा जित दिलाउन डियालोले लेफ्ट फुटेड प्लेसमेन्टमार्फत गोलकिपर हेर्नान गालिन्डेजलाई बिट गरे ।

उक्त जितसँगै एमर्स फेको टोली लगातार चौथो जितको लयमा पुगेको छ । विश्वकपअघि फ्रान्सलाई मैत्रीपूर्ण खेलमा पराजित गरेसँगै टोलीमा आत्मविश्वास बढेको बुझ्न सकिन्छ । यही कारण अन्डरडग भए पनि आइभरी कोस्टले जर्मनीलाई चुनौती दिन सक्ने अनुमान गरिएको छ ।

यद्यपि इतिहास हेर्ने हो भने विश्वकपमा आइभरी कोस्टले युरोपियन टोलीहरुसँग संघर्ष गर्नुपरेको छ । चारमध्ये एक खेलमा मात्र नतिजा आइभरी कोस्टको पक्षमा आएको छ । उता जर्मनीले भने ठूलो मञ्चमा एकैपटक मात्र अफ्रिकन राष्ट्रसँग हार बेहोरेको छ ।

लगत्तै अर्को खेलमा इक्वेडर प्रतियोगिताको मेडन अनुभव लिइरहेको कुराकाओविरुद्ध जितको लयमा फर्किने लक्ष्यका साथ मैदान उत्रिनेछ । खेल आइतबार बिहान ५:४५ बजे हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

epaper

ताजा समाचार

आजपाद्वारा शिक्षा, स्वास्थ्य र बिजुलीमा लगाएको कर हटाउन माग