सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्रका सम्पदाहरूमा अहिले जडान गरिएका एलइडी र सिएफएलको हटाएर वार्म लाइट जडान गर्ने तयारी गरेको छ ।

विश्व सम्पदा सूचीमा परेका पर्यटकीय क्षेत्रहरूको सौन्दर्यीकरण बनाउन वार्म लाइट जडान गर्न गर्न लागेको ऊर्जा मन्त्रालयले जनाएको छ । ऊर्जा मन्त्रालयका अनुसार सरकारको नीति तथा कार्यक्रममा समेत धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा सामाजिक महत्वका स्थानहरूलाई संरक्षण गर्ने राष्ट्रिय नीति अनुरूप पर्यटकीय क्षेत्रहरूको सौन्दर्यीकरण गर्न लागेको छ ।

विश्व सम्पदा सूचीमा अहिले जडान गरेका लाइटले सम्पदाको सौन्दर्यीकरण नदेखिएको भन्दै सम्पदा सुहाउँदो वार्म लाइट जडान गरिने केही दिनअघि सञ्चारकर्मीहरूसँगको छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिए ।

मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा परेका पर्यटकीय क्षेत्रहरूको सौन्दर्यीकरणमा नेपाल विद्युत् प्राधिकरणले ध्यान दिनुपर्ने बताए । ‘पर्यटक आउने सम्पदा क्षेत्रमा सेतो उज्यालो दिने एलइडी र सिएफएल बत्ती बालिराखेको छ । प्राधिकरणले सम्पदा क्षेत्रमा त्यहाँको स्वरुप सुहाउँदो वार्म लाइट (पहेँलो र न्यानो उज्यालो दिने बत्ती) जडान हुन्छ,’ मन्त्री श्रेष्ठले भने ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

तमिल चलचित्रमा अझै मुख्यमन्त्री थलापति विजय नै महंगा अभिनेता