विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख बराबरको अनुमानित बजेट ल्याएको छ । महानगर प्रमुख एवं नगरसभाका अध्यक्ष नागेश कोइरालाले उपप्रमुख शिल्पा निराला कार्कीलाई सो बजेट सार्वजनिक गर्न अनुमति दिएका हुन् ।

सार्वजनिक भएको बजेटमा सङ्घीय सरकार वित्तीय समानीकरण अनुदान ३३ करोड ४३ लाख, सशर्त अनुदान चालुतर्फ ७३ करोड २९ लाख र सशर्त अनुदान पुँजीगततर्फ ५६ लाख गरी सङ्घीय सरकारबाट एक अर्ब ७ करोड २८ लाख रुपैयाँ अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट आय हुने अनुमान गरिएको छ ।

यसैगरी, प्रदेश सरकार समानीकरण अनुदान ३ करोड ६२ लाख ५० हजार, सशर्त अनुमोदन प्रदेश सरकार चालुतर्फ ४ करोड एक लाख २४ हजार तथा सशर्त अनुदान पुँजीगततर्फ ६ करोड ६३ लाख गरी प्रदेश सरकारबाट जम्मा १४ करोड २६ लाख ७४ हजार रुपैयाँ आय हुने अनुमान गरेको छ ।

राजस्व बाँडफाँटबाट प्राप्त हुनेमध्ये सवारीसाधन करबापत ३ करोड ८ लाख, मनोरञ्जन करबाट ४० लाख, विज्ञापन करबाट ६० लाख, घरजग्गा रजिष्ट्रेशन दस्तुरबाट ६७ करोड ९५ लाख ७९ हजार, मूल्यअभिवृद्धि करबाट १५ करोड ३९ लाख २८ हजार, अन्तःशुल्क वापत ५ करोड १३ लाख ९ हजार गरी कुल ९२ करोड ५६ लाख १८ हजार राजस्व बाँडफाँटबाट आय हुने महानगरले अनुमान गरेको छ ।

आन्तरिक आयतर्फ एक अर्ब २७ करोड २० लाख ८ हजार आर्जन हुने अनुमान गरेको महानगरले विभिन्न सङ्घसंस्था अनुदानबापत एक करोड १६ लाख र बैंक मौज्दातबापत १४ करोड गरी कुल ३ अर्ब ५६ करोड ४७ लाख आय हुने बजेटमा उल्लेख गरेको छ ।

बजेटमा आव २०८३/८४ को अनुमानित क्षेत्रगत व्ययतर्फ सामाजिक विकासमा शिक्षातर्फ १० करोड ९ लाख २८ हजार, स्वास्थ्यतर्फ ७ करोड ३ लाख ९० हजार, महिला विकासमा ६६ लाख, बालबालिकामा ४८ लाख ६० हजार, अपाङ्गतामा ५७ लाख, ज्येष्ठ नागरिकतर्फ १६ लाख, लैङ्गिक हिंसा निवारणतर्फ ४२ लाख ७५ हजार छुट्याइएको छ ।

यसैगरी खानेपानी तथा सरसफाईमा १६ लाख, सामुदायिक विकास कार्यक्रममा ५९ लाख ३६ हजार, सङ्घसंस्था अनुदान ६ करोड ३१ लाख ७० हजार गरी सामाजिक विकासतर्फ महानगरले कुल २६ करोड ५० लाख ५९ हजार रुपैयाँ खर्चको अनुमान गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

मौलापुरमा ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता